मोरङ । पुसबाट विराटनगरका विद्यालय खुल्ने भएका छन् ।
कोरोना महामारीको जोखिम कम भएका कारण विद्यालय खुला गर्ने निर्णय भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताएका छन् ।
आइतबार बसेको बैठकले २ पुसबाट विद्यालय खुला गर्ने निर्णय गरेको पराजुलीले बताए । विद्यालय सञ्चालनअघि अभिभावकसँग छलफल गरेर स्वास्थ्य सावधानीका उपायसहित विद्यालय सुरू हुने उनको भनाइ छ ।
जोखिम कायम नै रहेकाले बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा सञ्चालनको प्रवन्ध मिलाइने पराजुलीले बताएका छन् । विराटनगर महानगरपालिकामा कोरोना सङ्क्रमितको संख्या छ हजार आठ सय ८३ पुगेको छ ।
कोरोना संक्रमण फैलिएपछि चैत्र ११ देखि विद्यालय बन्द रहँदै आएका छन् ।
वि.सं.२०७७ मंसिर २२ सोमवार ०९:५७ मा प्रकाशित