back
NMB ad

शेयर कर्जा नीति परिर्वतन नगर्न अर्थमन्त्री पौडेलको आग्रह

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको शेयर धितो कर्जाको नीति ‘पुनरावलोकन’प्रति चासो दिनुभएको छ ।

अर्थमन्त्री पौडेलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरी शेयर धितो कर्जाको नीति परिवर्तन र यसले दीर्घकालमा पार्न सक्ने असरलाई ध्यानमा राखेर मात्र नीति पुनरावलोकन गर्न निर्देशन दिनुभएको छ ।

राष्ट्र बैंकले गत बिहीबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो तीन महिनाको समीक्षा गर्दै शेयर धितो कर्जामा कडाइ गर्ने संकेत गरेपछि आइतबार १२३ अंकले नेप्से परिसूचक घटेको थियो ।

अर्थमन्त्री पौडेलले गभर्नर अधिकारीलाई नीति तत्काल परिवर्तन नर्गन आग्रह गरेपछि सोमबार नेप्से ७२ दशमलव २८ अंकले बढेको थियो । अर्थमन्त्री पौडेलले सरकारले निजीक्षेत्रलाई हातेमालो गरेर अगाडि बढ्न लागेको अवस्थामा निजीक्षेत्रको हित विपरीत नीति नल्याउन पनि गभर्नर अधिकारीलाई निर्देशन नै दिनुभएको छ ।

अर्थमन्त्री पौडेलले अर्थमन्त्रालयको जिम्मेवारी समालेपछि निजीक्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै आउनुभएको थियो । शेयर बजारप्रति पनि अर्थमन्त्री पौडेल पहिलेदेखि नै लचिलोरुपमा प्रस्तुत हुँदै आउनुभएको छ ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार १२:५९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...