back
NMB ad

मयुरधाप औद्योगिक क्षेत्रका समस्या तत्काल समाधान गर्न उपाध्यक्ष कंडेलको निर्देशन

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कंडेलले मयुरधाप औद्योगिक क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकसम्मको प्रगति समीक्षा बैठकमा उपाध्यक्ष कंडेलले यस्तो निर्देशन दिनुभएको हो । उहाँले आगामी विकास समितिको बैठक अघि नै यो समस्या समाधान गर्न निर्देशन दिनुभयो । उहाँले त्यो काम समाधान गर्नको लागि आयोगबाट कुनै सहयोग आवश्यक परे त्यसमा आयोगले सघाउने बताउनुभयो ।

बैठकमा उपाध्यक्ष कंडेलले सिमन्ट उद्योगमा भौतिक पूर्वाधार पुर्याउनको लागि ध्यान दिन आग्रह गर्नुभएको छ । सरकारले भौतिक पूर्वाधार पुर्याउने भनेर योजना बनाएको तर त्यो अनुसार काम नभएको उहाँको दाबी छ ।

चालु आवको प्रथम चौमासिकमा मन्त्रालयले कार्यविधि, ऐन, कानून बनाएको जानकारी गराएपनि अब बजेट खर्चमा लाग्न सुझाव दिएका छन् ।

बैठकमा योजना आयोगका सदस्य डा रामकुमार फुँयालले मन्त्रालयका निकायले.बजार अनुगमन मात्रै गरेको र त्यसको प्रभाव कम भएको दाबी गर्नुभयो । उहाँले बजार मूल्य उस्तै रहेको र गुणस्तरमा ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

बैठकमा मन्त्रालयकासचिव बैकुन्ठ अर्यालले यो चार महिनामा ऐन कानून निर्माणमा लागेको बताउनुभयो । पुँजीगत खर्च बढाउन ऐन कानूनले रोकेको भन्दै अब कानूृन बनेपछि बजेट खर्च बढने बताउनुभयो । उहाँले इन्ट्रिग्रेटेड सप्लाई सिस्टम बनाउने काम जारी रहेको जानकारी गराउनुभयो ।

आन्तरिक सप्लाई सिस्टम मिलाउन आवश्यक रहेको र त्यसको सूचना सहजै पाउन सकिने उहाँको भनाइ छ । यो प्रारम्भिक चरणमा नै रहेको उहाँको दाबी छ । चामल प्रतिबन्ध नलगाएको भएर आएको हो । आयात प्रतिबन्ध नलगाको समय आयात भएको समान कति खपत भयो भन्नेमा भर पर्ने उहाँको भनाइ छ ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार १६:३६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...