काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आइतवार बैंकिङ समयसम्म रहेको छ ।
कम्पनीले ७ लाख ३५ हजार कित्ता सस्थापक शेयर मंसिर २१ गतेदेखि लिलामी प्रक्रियाद्वारा विक्री खुला गरेको थियो । प्रतिकित्ता शेयरको न्यूनतम मूल्य रू. ३५० तोेकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।
शेयर खरीद गर्दा न्युनतम २५ हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७७ मंसिर २६ शुक्रवार १२:१५ मा प्रकाशित