back
NMB ad

आयुर्वेद अनुसन्धान केन्द्रमा रोपियो गुर्जोका ५०० बिरुवा

Kumari bank ad

काठमाडौं । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र कीर्तिपुरमा औषधीय गुणले युक्त गुर्जोका ५०० बिरुवा रोपिएका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गुर्जोजस्ता औषधि गुणले युक्त वनस्पतिको प्रवद्र्धन गरिनुपर्ने, यसबाट औषधि बनाएर विदेशमा समेत निर्यात गर्न सकिने भएकाले कार्यक्रमलाई अन्यत्र पनि बिस्तार गर्न सकिने उनको भनाइ थियो ।

संस्कृतमा अमृता अर्थात् अमृतका रुपमा व्याख्या गरिएको गुर्जोको नेपालका पहाडी भेगमा समेत प्रशस्त पाइने भए पनि पछिल्लो समय औषधिका रुपमा उपयोग हुनेक्रम घटेको थियो । गत वर्ष चैतमा कोरोना महामारी फैलिएपछि भने गुर्जोलाई नयाँपुस्ताले समेत औषधिका रुपमा चिनेका छन् ।

सो अवसरमा १५७ किलो गुर्जाेको काँचो टुक्रा डाँठ केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादवलाई प्रदान गरिएको थियो । कार्यक्रममा यादवले गुर्जोबाट बनेको चिया गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिका बाहेक अरुले सेवन गर्न हुने बताए ।

गुर्जो रोपण कार्यक्रममा कीर्तिपूर नगरपालिकाका प्रमुख रमेश महर्जन लगायत स्थानीयवासी पनि सहभागी भएका थिए । नगर प्रमुख महर्जनमार्फत कीर्तिपुरवासीलाई दुई हजार गुर्जोका बिरुवा हस्तान्तरण गरिएको छ ।

केन्द्र परिसरमा रोपिएका करिब ५०० बिरुवा देशव्यापीरुपमा गुर्जो वितरण अभियानमा लागेका अभियानकर्मी एवं आन्तरिक राजश्व कार्यालय धुलिखेलमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत कमलबहादुर राजलवटले उपलब्ध गराएका हुन् ।

राजलवटले यसअघि आन्तरिक राजश्वको लहान कार्यालय प्रमुख रहनुहुँदा त्यहाँको सरकारी आवास क्षेत्रमा लगाएका बिरुवा देशव्यापीरुपमा वितरण गरेका थिए । हालसम्म देशभर एक लाख ४० हजारभन्दा बढी बिरुवा वितरण गरिएको उनले सुनाए ।

यसैगरी नयाँबानेश्वरस्थित सचेतनामार्गमा पनि ३०० गुर्जोका बिरुवा वितरण गरिएको छ । पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले त्यस क्षेत्रमा गुर्जोका बिरुवा स्थानीयवासीलाई हस्तान्तरण गरेका हुन् ।

कीर्तिपुर र नयाँबानेश्वरमा समेत भएको कार्यक्रममा उपस्थितलाई गुर्जोको धुलो र चियासमेत वितरण गरिएको अभियानकर्मी राजलवटले जानकारी दिए । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो: तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा व्यक्ति जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ ।

नेपालमा धेरै वनस्पति पाइने भए पनि पछिल्लो समय मानिसले बिर्संदै गएकाले चेतना जगाउने कामका रुपमा पनि गुर्जो वितरण अभियानलाई अघि बढाइएको जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थीले बताए ।

अभियानकर्मी राजलवटलाई प्रशिक्षक पन्थीका साथै राष्ट्रिय योजना आयोगका सहसचिव एवं योग प्रशिक्षक किशोर जोशीले समेत साथ दिँदै आएका छन् ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १५:१७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...