back
NMB ad

अपर राहुघाट जलविद्युत् आयोजना निर्माण शुरु

Kumari bank ad

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माण शुरु भएको छ ।

तुण्डी पावर लिमिटेडले राहुघाट नदीमा निर्माण गर्न लागेको आयोजनाको बाँध रघुगङ्गा–८ बन्दीघाट र विद्युत्गृह वडा नं ७ चिमखोलामा रहनेछ । कम्पनीका इञ्जिनीयर प्रकाश तिमिल्सिनाले तीन वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने जानकारी दिनुभयो ।

“बाँध निर्माणको ठेक्का लिएको रामेछाप शेर्पा कन्स्ट्रक्सन र सुरुङको ठेकेदार साउथ एशियन इन्फास्ट्रक्चरले प्रारम्भिक चरणको निर्माण शुरु गरेका छन्”, उहाँले भन्नुभयो, “मौवाफाँट–दग्नाम–दर्मीजा–चिमखोला हुँदै बाँध निर्माणस्थलसम्म पहुँचमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।”

गाउँपालिका, प्रदेश र सङ्घीय सरकार तथा जलविद्युत् आयोजनाको साझेदारीमा रघुगङ्गा–४ को अजिङ्गर भिरमा चट्टान फुटाउने काम सकिएमा आयोजनाको बाँधसँगै दर्मीजा, चिमखोला र कुइनेमङ्गले सिधा सडक सञ्जालमा जोडिने छन् ।

पाँच किलोमिटर लामो सुरुङ हुने आयोजनाको आउटलेटदेखि १५० मिटर तल पानी विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । चिमखोलास्थित रघुगङ्गा र बगर खोलाको दोभान मलाङमा विद्युत्गृह निर्माण गर्न जग्गा व्यवस्थापन गरिएको छ ।

आयोजना निर्माणमा आवश्यक विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगङ्गा–७ चिमखोलामा नेपाली सेनाको क्याम्प स्थापना गर्न लागिएको छ । सेनाको क्याम्प बनाउन भवनलगायतका पूर्वाधार निर्माण भइसकेको आयोजनाका इन्द्र ढकालले बताउनुभयो ।

बाँध, सुरुङ र विद्युत्गृह निर्माण एकैसाथ अघि बढाउन लागिएको उहाँले बताउनुभयो । अपर राहुघाटबाट उत्पादन हुने विद्युत् २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।

बाँध निर्माण कार्यको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आइतबार शिलान्यास गर्नुभएको थियो । “अपर राहुघाटसँगै राहुघाट र सहायक नदीमा अनुमति लिएका आयोजनालाई निर्माणका लागि सहजीकरण गरेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीयवासीलाई सुविधासँगै जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन अजिङ्गर भिरमा सडक निर्माणमा प्राथमिकता दिएका हौँ ।”

तुण्डी पावरले राहुघाटमै अर्को ३७ मेगावाट क्षमताको राहुघाट मङ्गले जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि विद्युत् विकास विभागबाट अनुमति लिइसकेको छ ।

कुइनेमङ्गलेमा राहुघाट नदीको सहायक ठूलोखोलामा २१।३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माणका लागि संयुक्त ऊर्जा प्रालिले अनुमति लिएको छ । ठूलोखोलाको पनि बाँध निर्माणस्थलसम्म पहुँचमार्ग निर्माण भइसकेको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले बताउनुभयो ।

राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

राहुघाटको करिब ३० प्रतिशत पूर्वाधार निर्माण सकिएको छ । म्याग्दी जिल्लामा ६६२ मेगावाट क्षमताका १७ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । दुई मेगावाट क्षमताको तातोपानी साना र पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । बयालीस मेगावाट क्षमताको मिस्ट्रिखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

एक सय १० मेगावाट क्षमताको नीलगिरि र नीलगिरि क्यासकेड, १४ मेगावाटको घारखोला, २५ मेगावाटको दरवाङ म्याग्दीखोला निर्माणाधीन छन् । दाना–खुर्कोट जोड्ने २२० केभी क्षमताका प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सवस्टेशन र प्रसारण लाइन निर्माणको चरणमा छन् ।

वि.सं.२०७७ मंसिर २९ सोमवार ०९:२४ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...