back
NMB ad

व्यापारी आफैँले गरे अखाद्य वस्तु नष्ट

Kumari bank ad

बैतडी । बैतडीका एक व्यापारीले म्याद नाघेको एक लाख रुपैयाँ बराबरको पेयपदार्थ आफैँ नष्ट गरेका छन्।

नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटका व्यापारी रघुवीर थापाले आफ्नो पसलको गोदामघरमा रहेका एक लाख रुपैयाँ बराबरको पेयपदार्थ आफैँले नष्ट गरेका हुन्।

लकडाउनका कारण लामो समयदेखि पसल बन्द हुँदा म्याद नाघेपछि आफैंले नष्ट गरेको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशीले जानकारी दिए।उनले भने, ’लकडाउन हुनुभन्दा पहिला नै भारतबाट ल्याइएको पेयपदार्थ पिउनयोग्य नभएपछि नष्ट गरिएको हो। नष्ट गरिएको पेयपदार्थमा कोक र फेन्टा छन्।’ पैँतालीस पेटीभन्दा बढी म्याद नाघेर पिउनयोग्य नभएपछि उक्त पेयपदार्थ व्यापारी आफैँले नष्ट गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

पछिल्लो समय जिल्लाका बजार अनुगमन कार्य कडाइका साथ गरिएकाले व्यापारी सचेत हुन थालेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए। उनले भने,’अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएमा व्यापारीलाई मुद्दासमेत चलाउन थालेपछि व्यापारी सचेत हुने थालेका छन्, व्यापारी आफैँमा चेतना आएर म्याद नाघेको सामान आफैँ नष्ट गर्ने गरेका छन्।’

वि.सं.२०७७ मंसिर ३० मंगलवार ११:२७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...