back
NMB ad

सिमराबाट पहिलोपटक माउन्टेन फ्लाइट सुरु

Kumari bank ad

काठमाडौं । नेपालको पहिलो एयरपोर्ट सिमराबाट पहिलोपटक माउन्टेन फ्लाइट सुरु भएको छ ।

माउन्टेन फ्लाइटको शनिबार उद्घाटन गदै संघीय सांसद कृष्णकुमार श्रेष्ठले सिमराबाट सिधै माउन्टेन फ्लाइट हुँदा भारतीय तथा आन्तरिक पर्यटकहरुलाई राहत मिल्ने र यसले तराई क्षेत्रको विकासमा समेत टेवा पुग्ने बताउनुभयो ।

सर्बोच्च शिखर सगरमाथासँग साक्षात्कार गरौ, प्राकृतिक सुन्दरताको अनुभूति गरी पर्यटन प्रवर्द्धन गरौ’ भन्ने नारासहित प्रदेश २ को सिमाराबाट पहिलोपटक माउन्टेन फ्लाइट सुरु गरिएको होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का महासचिव मोहन शर्मा लामिछानेले बताउनुभयो ।

शर्माले सिमारा बाट प्रत्येक शनिवार उडान हुने माउन्टेन फ्लाइटले विश्वको सर्वोच्च शिखर सगरमाथा सहित विभिन्न हिमश्रृंखलाको नजिकैबाट अवलोकन गर्न सकिने र यस उडानले प्रदेश दुईको पर्यटन व्यवसायमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

माउन्टेन फ्लाइट सुरू भएसँगै ट्राभल एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् । भारतीय पर्यटकलाई लक्षित गरि सिमाराबाटै प्लाइट सुरु हुदा काठमाडौ जाने झन्झटको अन्तय भएको छ ।

कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको पर्यटन व्यवसाय चलायमान बनाउन उडान सुरुभए पछि मारमा परेका व्यवसायी उत्साही भएका छन् । यद्यपि पूर्ण रुपमा चहलपहल भईनसकेको र स्वास्थ्य सावधानी अपनाउनुपर्ने अवस्थाले भने केही झन्झट, केही चिन्ता यथावतै रहेको उनीहरू बताउँछन् ।

सिमरा टुर एण्ड ट्राभल्स, अप्सरा टुर एण्ड ट्राभल्स, नगर उद्योग वाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघ, होटल सिमरा ईन, सिमरा बिमानस्थल कार्यालय र क्लासिक होटलको संयुक्त सहकार्यमा यति एयरलाईन्सको सहकार्यमा माउन्टेन फ्लाईट सुरु गरेका हुन ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार १२:०३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...