back
NMB ad

सबै ठेक्काको काम सुचारु

Kumari bank ad

काठमाडौं । करिब नौ महिनापछि निर्माण व्यवसाय सुचारु भएको छ । कोरोना महामारी नियन्त्रण गर्न गत चैत ११ देखि बन्दाबन्दी भएपछि निर्माण व्यवसाय ठप्प थियो ।

साउनदेखि बन्दाबन्दी खुला भए पनि निर्माण व्यवसाय सुचारु हुन सकेको थिएन । वर्षा र चाडपर्व सकिएपछि मङ्सिर अन्तिममा व्यवसायी आआफ्नो निर्माण क्षेत्र (साइट)मा फर्किएका छन् ।

निर्माण कार्यको सिजन सुरु भएकाले व्यवसायीले काम सुरु गरेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । लामो समय बन्द भएकाले काम सुचारु गर्न आर्थिक हिसाबले पनि गाह्रो परेको महासङ्घले जनाएको छ ।

महासङ्घका महासचिव रोशन दाहालले भन्नुभयो, “निर्माणको काम सुचारु भएको छ । सबै निर्माण व्यवसायी काममा फर्किएका छन्, निर्माणसम्बन्धी सबै ठेक्काको काम सुरु भएको छ । ”

निर्माण साइटमा कामदार खटिइसकेको दाहालले बताए । गिट्टी, बालुवा पनि सहज हुन लागेको महासङ्घले जनाएको छ । क्रसर उद्योग चलाउने तयारी भएकाले गिट्टी बालुवाको आपूर्ति सहज हुने उनको भनाइ छ ।तर महासङ्घले उठाउँदै आएका माग भने सम्बोधन भइसकेका छैनन् ।

आयोजनाको म्याद थप, धरौटी रकम बैङ्क ग्यारेन्टी राखेर चलाउन पाउनुपर्ने र निर्माणस्थलमा स्वास्थ्य प्रोटोकलको मापदण्डको टुङ्गो लागिनसकेकाले व्यवसायीमा अन्योलता भने कायम रहेको महासचिव दाहालको भनाइ छ ।

विगत नौ महिनादेखि निर्माण आयोजनाका काम ठप्प भएकाले यसबीचमा सम्झौता सकिएका आयोजना पनि छन् । करिब छ हजार आयोजना अर्थात् ८० प्रतिशत आयोजनाको म्याद थप गर्नुपर्ने बाध्यता छ ।

सरकारले बन्दाबन्दीको अवधिमा म्याद सकिएका र बन्दाबन्दीमा सम्झौता भएका आयोजनाको म्याद छ महिना थपको थियो तर त्यसअघिका आयोजनाको म्याद सकिएको र केही सकिने अवस्थामा रहेकाले सबै आयोजनाको एक वर्ष म्याद थप्नुको विकल्प नभएको महासङ्घले जनाएको छ । गोरखापत्र दैनिकबाट

वि.सं.२०७७ पुस २ बिहीवार ०८:१४ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...