२४. ८ प्रतिशत नेपाली मात्रै बीमाको पहुँचमा

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक सम्ममा कुल ७५ प्रतिशत नेपाली बीमाको पुहँचमा आउन नसकेको तथ्यांक सार्वजनिक भएको छ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको पहिलो चौमासिक (साउनदेखि कात्तिकसम्म) तथ्यांक सार्वजनिक गर्दै जम्मा २४. ८ प्रतिशत नेपाली मात्रै बीमाको पहुँचमा आएको बताएको छ।

अर्थ मन्त्रालयले जानकारी दिए अनुसार बीमाको दायरामा आएको जनसंख्या जम्मा २२.२ प्रतिशत र वैदेशिक रोजगारीमा जानेहरूको संख्या जोड्दा २४.८ प्रतिशत हुन्छ।

यस्तै, यस अवधिमा गत वर्षको तुलनामा ४२.६ प्रतिशत पिम्रियम संकलन भएको छ। अघिल्लो वर्षको चार महिनामा ३४ अर्ब ४२ करोड रुपैयाँ प्रिमियम संकलन भएकोमा यस वर्ष ४९ अर्ब १० करोड संकलन भएको छ।

तथ्यांकअनुसार संकलन भएको उक्त प्रिमियममध्ये जीवन बीमाको ७९.९ र निर्जीवन बीमाको हिस्सा २०.१ प्रतिशत छ।

२०७७ पौष २ गते १०:५९ मा प्रकाशित

You can share this post!

घट्यो हवाई भाडादर

घट्यो हवाई भाडादर

Related posts