back
NMB ad

रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म : एनसेलले ल्यायो ‘एनसेल जबसप’

Kumari bank ad

काठमाडौं । एनसेलका ग्राहकले अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर वा आफूलाई आवश्यक परेको जनशक्ति सजिलै खोज्न सक्नेछन् ।

एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ सुरु गरेको छ । यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअल प्लेटफर्ममा भेटाउने काम गर्छ ।

एनसेलले आफ्नो हाल सञ्चालनमा रहेको अभियान ‘अनपज’ अन्तर्गत यो सेवा संचालनमा ल्याएको हो । यो अभियानले हालको विषम् परिस्थितिमा भविष्यको पुनर्विचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उद्देश्य लिएको छ ।

एनसेलका चिफ कमर्ससियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘कोभिड–१९ महामारीले गर्दा धेरैले रोजगारी गुमाउनु परेको छ । भर्चुअल रुपमा सम्पर्कमा रहन सकिने विकासले गर्दा अहिलेको अवस्थामा पनि अनलाइन नेटवर्कमार्फत एक अर्कासँग सम्पर्क स्थापित गर्न सकिने भएको छ ।’

कार्यस्थलभन्दा टाढै बसेर पनि काम गर्ने र रोजगारीका अवसरहरु खोज्ने प्रवृत्ति बढिरहेको बेलामा कामको खोजीमा रहेका व्यक्तिलाई सिधै रोजगारदातासँग जोड्ने यो नवीन सेवा ल्याउन पाएकोमा हामी हर्षित छौं । अर्थतन्त्रमा विस्तारै सुधार हुन थालेको बेलामा यो एनसेल जबसपले विषम परिस्थितिका बेला काम गुमाएकालाई विभिन्न रोजगारीका अवसरसँग जोड्ने अवसर प्रदान गर्छ ।

कामको खोजीमा रहेका र रोजगारदाता दुवै पक्षलाई एकै ठाउँमा भेट गराउने यो सेवाले ठूलो महत्व राख्ने विश्वास लिएका छौं । महामारीको सबै क्षेत्रमा प्रभाव र धेरैले रोजगारीबाट बन्चित रहनु परेको बेलामा एनसेल जबसप रोजगारीका अवसरको खोजीमा रहेका र आफ्नो कामका लागि जनशक्ति खोजी रहेकाहरुलाई एक उत्तम सेवा हुने विश्वास छ ।

हालको सुरुवाती अवस्थामा शारीरिक रुपमा काम गर्ने श्रमिकरकामदार र यस्ता जनशक्ति चाहनेले यो सेवा आफ्नै मोबाइलबाट लिन सक्नेछन् । कामको खोजीमा रहेका व्यक्ति र काम दिने व्यक्तिको आवश्यकताबीच प्रत्येक पटक मेल खाएपछि दुवै पक्षलाई एसएमएसमार्फत सन्देश प्राप्त हुन्छ । एनसेलको सेवा प्रयोग गर्ने र कामको खोजीमा रहेका जो कोही श्रमिक वा कामदारले रोजगारी खोजिरहेको व्यक्तिका रुपमा यो सेवा सुचारु गर्न सक्छन् ।

सर्वप्रथम आफूले खोजिरहेको काम र आफ्नो दक्षताअनुसार प्रोफाइल बनाएर यो सेवा सुचारु गर्नुपर्ने हुन्छ । कामदार खोजी रहेका व्यक्तिले पनि आफ्नो आवश्यकता खुलाई प्रोफाइल बनाउनुपर्ने हुन्छ । जब–जब काम खोज्ने र कामदार खोज्नेको आवश्यकतासम्बन्धी पोस्ट मेल खान्छ तब एसएमएसमार्फत दैनिक रुपमा दुवै पक्षलाई यो सम्बन्धी जानकारी जान्छ ।

यो सेवा लिन इच्छुक ग्राहकले एस्ट्रिक्स१७१३७ ह्यास डायल गरी वा एनसेल जबसप डटकम वेबसाइटमा गई दिइएको निर्देशनअनुसार कामदार वा काम दिने व्यक्तिले आफ्नो आवश्यकताअनुसार यो सेवा सुचारु गर्न सक्नेछन् । काम दिने व्यक्ति वा रोजगारदाताका लागि एउटा आवश्यकता पोस्ट गर्न करसहित ६.३८ रुपैयाँ लाग्छ र एक पटक पोस्ट गरेको कामको विवरण एक हप्तासम्म रहनेछ ।

त्यसैगरी कामको खोजीमा रहेका ग्राहकले ३ दिन, ७ दिन, १ महिना, ६ महिना वा वार्षिक गरी विभिन्न समयसीमामा रहेर यो सेवा सुचारु गर्न सक्नेछन् । कामको खोजीमा रहेका व्यक्तिले करसहित ३.८३ रुपैयाँमा ३ दिनको प्याक खरिद गर्न सक्नेछन् र त्यसैअनुसार प्याकको समयसीमा भित्र उक्त कामदारको प्रोफाइल सक्रिय रहनेछ ।

ग्राहकले करसहित ८.९४ रुपैयाँमा ७ दिनको र करसहित ३८.३१ रुपैयाँमा ३० दिनको समयसीमा रहेको प्याक सुचारु गर्न सक्नेछन् । अलि धेरै समयका लागि आफ्नो प्रोफाइल सक्रिय राख्न चाहने ग्राहकले ६ महिना र १२ महिना समयसीमा रहेको प्याक करसहित मात्र १५३.२२ र २२९.८४ रुपैयाँमा सुचारु गर्न सक्नेछन् ।

यही अनपज अभियानअन्तर्गत एनसेलले योभन्दा अगाडि महिलावर्गलाई लक्षित गर्दै आकर्षक गोसिम योजना ल्याएको थियो । यसअभियानअन्तर्गत एनसेलले आउने दिनहरुमा पनि ग्राहकहरुका लागि विभिन्न सेवा सुविधाहरु ल्याउनेछ ।

वि.सं.२०७७ पुस २ बिहीवार १५:५५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...