back
NMB ad

आपतकालिन बैठकले गर्यो यस्तो निर्णय : पुस ९ गतेसम्म बजार पूर्णरूपमा बन्द, के होला सवारी ?

Kumari bank ad

कञ्चनपुर । कारोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

कारोना सङ्क्रमण फैलिएपछि बिहीवार दिउँसो बसेको नगरपालिकाको आपतकालिन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

विद्युत् प्राधिकरणको फ्युज कार्यालय, नगरपालिकास्थित किराना पसल, हार्डवेयर पसल, खाद्यान्न पसल बिहान १० बजेदेखि १ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी खुल्न पाउने निर्णय गरिएको छ ।

दूध ढुवानी, औषधि पसल २४ सै घण्टा सञ्चालन हुनेछन । अति आवश्यक सेवाबाहेकका सेवाहरु बन्द हुने र भारतबाट आयात हुने माछा, मासुु अण्डालगायतका सामान ओहोर दोहर पूर्णरूपमा बन्द गरिएको छ ।

जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीसहित स्थानीय बासिन्दामा कोरोनाको सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्रमा आवतजावत, बजार क्षेत्र, शैक्षिक संस्था पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए।

“नगरपालिका र वडा कार्यालयका अत्यावश्यक बाहेकका सेवा पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको छ”, उनले भने, “अत्यन्त आवश्यक काम भए मात्रै घरबाहिर निस्कन नगरबासीलाई अनुरोध गरेका छौँ ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले कोरोना सङ्क्रमण बढेपछि एक साताका लागि नगरपालिका क्षेत्र लकडाउन गर्नुपरेको बताए। कोरोनाको सङ्क्रमण ज्यादै बढ्न थालेसँगै भिडभाड नियन्त्रण नगरी नहुने अवस्था आएपछि यस्तो निर्णय लिनु परेको उनले बताए ।

नगरपालिकाका वडा नं १ र ३ का वडाध्यक्षमा कोरोनाको सङ्क्रमण देखिएको छ । दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीसमेत कोरोनाबाट सङ्क्रमित भएका छन् । नगरपालिका क्षेत्रको खुला क्षेत्रमा हुने अवैध आवतजावत गर्नेहरुका कारण कोरोनाको सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ । रा

वि.सं.२०७७ पुस ३ शुक्रवार ०७:५८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...