back
NMB ad

काठमाडौं उपत्यकाबाट १८ पेट्रोल पम्प हटाइँदै

Kumari bank ad

काठमाडौं । ललितपुर ग्वार्कोमा रहेको उज्ज्वल पेट्रोल पम्पमा गत बिहीबार आगलागी भयो। पम्पनजिकै पार्किङ गरिराखेको ट्यांकरको ब्याट्री सर्ट भएपछि पेट्रोल पम्पको बाहिरी भाग दनदनी बल्न थाल्यो। साइटमा भएका दुईवटा स्कुटर जले।

 

 

प्रहरी र दमकल छिटो पुगेका कारण क्षति कम भयो। घर, बिजुलीका तार र वर्कसप पम्पमा जोडिएका कारणले ठूलो क्षति हुने अनुमान गरे पनि समयमै दमकल पुग्दा ठूलो क्षति हुन पाएन। ग्वार्कोको उज्ज्वल पेट्रोल पम्प मात्रै होइन, उपत्यकाका १८ वटा पेट्रोल पम्प अति जोखिमपूर्ण ठाउँमा छन्।

मानव बस्ती र पम्पबीचको दूरी नजिक हुँदा जोखिम बढेको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले घना बस्तीका बीचमा रहेका पेट्रोलियम पदार्थजन्य पम्प र सवारीले जोखिम बढाएको बताए। उनले सानो कमजोरीबाट ठूलो क्षति हुने हुँदा पूर्वसावधानी अपनाउनु नै बेस हुने जानकारी दिए।

जोखिममा रहेका १८ वटा पम्प सार्न नेपाल आयल निगमले पम्प सञ्चालकलाई दुईपटक परिपत्र गरिसकेको छ तर अझै सारिएको छैन। एक वर्षअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि उपत्यकाका १८ स्थानका पेट्रोलपम्प हटाउन निगमलाई पत्राचार गरेको थियो।

निगमले दुईपटकसम्म पत्राचार गर्दा पनि करोडौं लगानी डुब्ने भन्दै व्यवसायीले त्यसलाई बेवास्ता गर्दै आइरहेका छन्। नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले अति जोखिमयुक्त पम्प हटाउन लिखित र मौलिक निर्देशन दिइसकिएको दाबी गरे। नागरिक दैनिकमा खबर छ ।

वि.सं.२०७७ पुस ५ आइतवार ०८:१६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...