back
NMB ad

नलगाड आयोजनाको डीपीआर निर्माणमा ढिलाइ

Kumari bank ad

काठमाडौं । जाजरकोटमा बन्न लागेको ४१७ मेगावाटको जलाशययुक्त नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) दुईपटक म्याद थप भए पनि अझै बन्न सकेको छैन ।

 

 

सम्बद्ध डीपीआरकर्ताको मागअनुसार अगस्त २०१९ मा पहिलोपटक ३ महीना र अगस्तदेखि मे २०२० सम्म गरी दोस्रोपटक ९ महीना गरेर दुईपटक म्याद थपिएको थियो ।

डीपीआर बनाउने जिम्मा पाएका कम्पनीहरूले तेस्रोपटक १५ महीनाको समय माग गरेका छन् । उनीहरूले १२ सेप्टेम्बर २०२१ सम्मको लागि म्याद थपको माग गरेका हुन् । सरकारले यस विषयमा निर्णय भने गरेको छैन । आवश्यक अध्ययन गरेर निर्णय गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको भनाइ छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले उक्त कम्पनीका प्रतिनिधि बाबुराम भारद्वाज र रेशम ढकालसँग प्रतिवेदनबारे छलफल गरेका थिए ।

सो क्रममा डीपीआर निर्माणका लागि थप समयमा माग गरिएको हो । आयोजना प्रमुखसहित कर्मचारी र डीपीआरको जिम्मा पाएको परामर्शदाताका प्रतिनिधिसँग मन्त्रीद्वयले शुक्रवार ऊर्जा मन्त्रालयमा छलफल गरेका थिए ।

डीपीआरको काम करीब ८५ प्रतिशत सकिएको कम्पनीको भनाइ छ । बाँकी १५ प्रतिशत कामका लागि समय थप गर्नुपर्ने प्रस्ताव कम्पनीको रहेको छ । तर, मन्त्रालयले भने अध्ययन गरी आवश्यक समय दिने बताएको छ ।

अस्टे««लियन कम्पनी स्मेक, अमेरिकाको एमडब्ल्यूएच र नेपालको उदय जेभीले संयुक्त रूपमा डीपीआरको काम पाएका थिए । सन् २०१६ मा ३ वर्षमा डीपीआर सक्ने गरी नलगाड जलविद्युत् कम्पनी र स्मेक, एमडब्ल्यूएच तथा उदय जेभीबीच सम्झौता भएको थियो ।

यसअघि डीपीआरकर्ताको मागअनुसार अगस्त २०१९ मा पहिलोपटक ३ महीना र अगस्तदेखि मे २०२० सम्म ९ महीना दोस्रोपटक डीपीआरको समयावधि थप भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस ५ आइतवार ०८:२६ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...