back
NMB ad

कोभिडले घटायो हवाई आवागमन

Kumari bank ad

काठमाडौं । कोरोना महामारीको कारण सन २०२० को ९ महीनामा नेपाल आउने यात्रु आवागमनमा उल्लेख्य कमी आएको छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार सन २०२० को ९ महीना (जनवरीदेखि सेप्टेम्बरसम्म) को अवधिमा ९ लाख २७ हजार २०८ जना यात्रुको आवागमन भएको छ ।

सन् २०१९ मा ४१ लाख ३८ हजार ४८२ यात्रुले आवागमन भएको थियो । जुन अघिल्लो वर्ष सन् २०१८ को तुलनामा ४ दशमलव ६ प्रतिशतले बढी थियो ।

सन् २०१८ मा अघिल्लो वर्षको तुलनामा ११ दशमलव ६९ प्रतिशतले वृद्धि भई कुल ४३ लाख ४२ हजार ४८६ यात्रु आवागमन भएको थियो । सन् २०१७ मा अन्तरराष्ट्रिय उडानततर्फ कुल ३८ लाख ८७ हजार ८४५ यात्रु आवागमन भएको क्यानका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए ।

आन्तरिकतर्फ यस वर्षको सेप्टेम्बरसम्म ७ लाख ८७ हजार ४० जना यात्रुले यात्रा गरेको क्यानले जानकारी दिएको छ । क्यानका अनुसार सन् २०१९ मा यात्रु आवागमन संख्या ३१ लाख ८८ हजार ४८७ रहेको थियो जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलव ९६ प्रतिशत बढी हो ।

सन् २०१८ मा १ दशमलव १६ प्रतिशतले वृद्धि भई २८ लाख ४७ हजार ७५२ यात्रुको आवागमन भएको थियो । सन् २०१७ मा २४ लाख ५१ हजार ३९० यात्रु आवागमन भएको प्रवक्ता क्षत्रीले बताए ।

नेपालमा अन्तरराष्ट्रिय उडानतफ तीन नेपाली र २७ ओटा विदेशी वायुसेवा गरी ३० ओटा वायुसेवाले १५ मुलुकका ३२ ओटा गन्तव्यमा उडान सञ्चालन गर्ने गर्छन् ।

यस्तै आन्तरिकतर्फ नौओटा फिक्सडविङ वायुसेवा र १० ओटा हेलिकोप्टर कम्पनीहरूले सेवा प्रदान गरिरहेका छन् ।आर्थिक अभियान दैनिकबाट

वि.सं.२०७७ पुस ५ आइतवार ०८:३३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...