स्वाबलम्बन लघुवित्तले २० प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

स्वाबलम्बनले ७९ करोड २३ लाख ९९ हजार ३८४ रुपैयाँ बोनस सेयर वितरण गर्नेछ । ७९ लाख २६ हजार ३४८ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण गर्न संस्थाले जनाएको छ । गत वर्ष संस्थाले २६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।

२०७७ पौष ५ गते ०९:०४ मा प्रकाशित

You can share this post!

अन्नपूर्णमा पहिलो पटक पुगे चिकित्सक

अन्नपूर्णमा पहिलो पटक पुगे चिकित्सक

Related posts