काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७६/७७ को सञ्चित मुनाफाबाट २० प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।
कम्पनीको पुस ५ गते बसेको १२४औं सञ्चालक समितिको बैठकले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. २२ करोड ४० लाख ३१ हजार ५०० छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने भएको हो ।प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
वि.सं.२०७७ पुस ६ सोमवार १०:५६ मा प्रकाशित