back
NMB ad

धादिङ अस्पतालमा सघन उपचार कक्ष आरम्भ

Kumari bank ad

धादिङ । धादिङ अस्पतालले औपचारिक रुपमा आजदेखि भेन्टिलेटरसहित सघन उपचार कक्ष सेवाको आरम्भ गरेको छ । कोरोना भाइरस महामारीपछि अस्पतालमा सो सेवा शुरुआत गर्ने बागमती प्रदेशमा धादिङ तेस्रो बनेको छ ।

यसअघि भक्तपुर र मकवानपुरमा भेन्टिलेटरसहितको सघन उपचार कक्ष भएको अस्पतालको शुरु भइसकेका छन् । अस्पतालमा १० शयको सघन उपचार कक्ष र दुई थान भेन्टिलेटर सेवा रहेको छ ।

प्रदेश सरकारले आफूले स्वास्थ्यकर्मीसमेत नभएका अवस्थामा जिम्मा लिएको जिल्ला अस्पताल अब सघन उपचार र भेन्टिलेटर भएको कक्ष भएका अवस्थामा पुर्याइएको बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनुभयो ।

मन्त्री दुलालले अस्पतालको क्षमता बढाउन औजार, उपकरण सहयोग गरी ख वर्गको एम्बुलेन्स सेवा उपलब्ध गराइने आश्वासन दिँदै अस्पतालमा निकट भविष्यमा डायलायसिस सेवा र मुटु रोगको प्रारम्भिक उपचार सेवा शुरु गर्न सरकारले सघाउने र प्रदेशस्तरको अस्पतालमा बहुविषय सेवा उपलब्ध गराउन लागिपरेको जानकारी दिनुभयो ।

रिफर गर्ने अस्पतालका रुपमा चिनिएको अस्पतालले सरकारले तोकेको सेवा उपलब्ध गराउन लागेको र सेवा क्षेत्रलाई विस्तार गर्दै लाने सरोकार पक्षले बताउनुभयो ।

कार्यक्रममा अस्पतालले दिएको सेवाका बारेमा मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले प्रस्तुति दिनुभएको थियो । अस्पतालका अध्यक्ष महेन्द्र धमलाका अध्यक्षतामा सम्पन्न उद्घाटन अवसरमा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको र भेन्टिलेटर कक्षसहितको सघन उपचार कक्षहरुको अवलोकन गरिएको थियो ।

वि.सं.२०७७ पुस ७ मंगलवार ०८:१८ मा प्रकाशित

You can share this post!

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...