पुस २८ गते वोमी लघुवित्तको साधारण सभा

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले साधारण सभा पुस २८ गते गर्ने भएको छ ।

कम्पनीले सभा बनेपा नगरपालिका १३ साँगा काभ्रेपलाञ्चोकस्थित लहरी खर्क प्यालेसको सभाहलमा बिहान ११ बजे गर्ने बताएको छ ।सभाले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै वोमी लघुवित्त र ग्रामीण स्वयंसेबक लघुवित्त एक आपसमा मर्ज हुने र सो प्रयोजनको लागि दायित्व मूल्लयाङकनका आधारमा निर्धारण गरेको शेयर स्वाप रेशियो पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १५ गते देखि २८ गतेसम्म बन्द रहने कम्पनीले बताएको छ । हाल मर्जर प्रक्रियाको लागि कम्पनीको शेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ ।

२०७७ पौष ७ गते ११:२८ मा प्रकाशित

You can share this post!

यातायात व्यवस्था कार्यालय कैलालीमा पाँच महिनामा ३४ करोड राजश्व सङ्कलन

यातायात व्यवस्था कार्यालय कैलालीमा पाँच महिनामा ३४ करोड राजश्व सङ्कलन

Related posts