back
NMB ad

शेयर बजारमा छलाङ : ९५ अंकले बढ्यो, ६ अर्ब ७४ करोड बराबरको किनबेच

Kumari bank ad

काठमाडौं । शेयर बजारको परिसूचक नेप्सेले मंगलबार एकैदिन ९५ अंकको छलाङ मारेको छ । मुलुकमा राजनीतिक अन्यौलता बढिरहेका बेला बजारमा भने त्यसको प्रभाव देखिएको छैन ।

९५.४६ अंकको वृद्धिपछि परिसूचक २०६१ अंकमा कायम भएको छ । यसअघि नेप्सेले २०६७ अंकको उच्च रेकर्ड बनाएको छ । यस दिन २०५ कम्पनीको ६ अर्ब ७४ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

सबै समूहहरु बढेका छन्। बैंकिङ ७०, ब्यापार ७७, होटल २०, विकास बैंक ६६, जलविद्युत ८०, फाइनान्स २५, निर्जीवन बीमा ५२७, उत्पादन ११३, अन्य ७८, माइक्रोफाइनान्स १०७, जीवन बीमा समूह ९५० अंकले बढेका छन्।

शिखर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापन, नविल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सान्जेन जलविद्युत, एनआइसी एसिया बैंक, माथिल्लो तामाकोसी, रसुवागढी जलविद्युत आयोजनाको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।

यस दिन नारायणी विकास बैंक, युनाइटेड मर्दी जलविद्युतका लगानीकर्ताले करिब १० प्रतिशत नै मूल्य गुमाएका छन्।  कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो।

सो कम्पनीको ८६ करोड रुपैयाँ बराबरको कारोबार हुँदा एनआइसी एसिया बैंकको ४६ करोडको कारोबार भयो। त्यस्तै प्रभु बैंकको ३२ करोड रुपैयाँको र एनसिसी बैंकको २७ करोड रुपैयाँको सेयर कारोबार भयो।

वि.सं.२०७७ पुस ७ मंगलवार १५:२१ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...