back
NMB ad

१६० मेगावाट क्षमताको लाप्चा खोला आयोजनामा १९ अर्ब ६५ करोड लगानी

Kumari bank ad

काठमाडौं । लाप्चे खोला जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटेको छ ।

एमभी दुगड ग्रुपको मुख्य लगानी रहेको श्री नाशा हाइड्रो पावर प्रालिले प्रवद्र्धन गर्न लागेको उक्त आयोजनाका लागि नेपाल बैङ्क लिमिटेडको नेतृत्वमा अन्य नौवटा बैङ्कले लगानी गर्न लागेका हुन् ।

आयोजनाका लागि कुल २६ अर्ब २० करोड रुपियौै लागत अनुमान गरिएको छ । यसमध्ये नेपाल बैङ्कको अगुवाइ रहेका विभिन्न नौवटा बैङ्क तथा वित्तीय संस्थाको सहभागितामा बनेको सहवित्तीयकरणद्वारा १९ अर्ब ६५ करोड २५ लाख रुपैयाँ लगानी हुनेछ ।

लगानी गर्ने सम्बन्धमा भएको सप्लिमेन्ट्री सिन्डिकेटेड क्रेडिट फ्यासिलिटिज एग्रिमेन्ट (एसएससीएफए) सम्झौतापत्र ऋणीका तर्फबाट नाशा हाइड्रो पावर प्रालिका अध्यक्ष मोतिलाल दुगड तथा बैङ्कहरूका तर्फबाट नेपाल बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले एकआपसमा आदानप्रदान गरेका छन् ।

सम्झौता आदानप्रदानमा सहभागी सबै बैङ्क तथा वित्तीय संस्थाका अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत तथा अन्य पदाधिकारीको उपस्थिति थियो ।

आयोजनामा नेपाल बैङ्कको पाँच अर्ब, नेपाल इन्भेस्टमेन्ट बैङ्कको तीन अर्ब ५० करोड, कर्मचारी सञ्चय कोषको दुई अर्ब, राष्ट्रिय वाणिज्य बैङ्कको दुई अर्ब, हिमालयन बैङ्कको दुई अर्ब, लक्ष्मी बैङ्कको एक अर्ब ८८ करोड २५ लाख, नेपाल एसबीआई बैङ्कको एक अर्ब, बैङ्क अफ काठमाडौँको एक अर्ब तथा कृषि विकास बैङ्कको एक अर्ब गरी जम्मा १९ अर्ब ६५ करोड २५ लाख रुपियाँको वित्तीय प्रबन्ध गरिएको हो ।

सम्झौतापत्र आदन प्रदान कार्यक्रममा हिमालयन बैङ्कका अध्यक्ष तुलसी गौतमले निजी क्षेत्रद्वारा थालिएको ठूला आयोजनामा लगानी गर्ने हिम्मत नेपाली बैङ्क तथा वित्तीय संस्थासँग रहेको विचार व्यक्त गरे ।

नेपाल बैङ्कका अध्यक्ष वासुदेव अधिकारीले आयोजनाको आर्थिक, प्राविधिक, जोखिमलगायत विभिन्न पक्षको समग्र विश्लेषण गरी उचित निष्कर्षमा पुगेको तथा बैङ्कहरूमा तरलता सहज भएको वर्तमान अवस्थामा यस आयोजनमा लगानी गर्ने निर्णय निक्षेपकर्ताको रकमको सही उपयोग हुने विचार व्यक्त गरे।

डेभलपर नाशा हाइड्रो पावरका अध्यक्ष मोतिलाल दुगडले २०७९ साउनसम्ममा उक्त आयोजनाबाट व्यापारिक उत्पादन सुुरु गरिने छ ।

वि.सं.२०७७ पुस ८ बुधवार ०८:४८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...