back
NMB ad

जनशक्ति उत्पादनमा सघाउन १७ करोडको परियोजना सुरू

Kumari bank ad

काठमाडौं । उद्योग र व्यवसायीलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा सघाउने उद्देश्यसहित पोखरामा एक नयाँ परियोजनाको आरम्भ गरिएको छ ।

इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट नाम दिएको परियोजना नेपालका सातै प्रदेशमा आरम्भ गर्ने योजनाअनुरुप गण्डकी प्रदेशमा मङ्गलबारबाट सुरु गरिएको हो ।

पश्चिमाञ्चल होटल सङ्घ पोखराको समन्वयमा पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेलले परियोजनाको उद्घाटन कार्यक्रममा परियोजना दक्ष र आवश्यक श्रमशक्ति उत्पादनमा सहायक हुने जनाउँदै सरकार र निजी क्षेत्रले समन्वय गरेर श्रमशक्ति उत्पादनमा लाग्नुपर्ने बताए ।

उनले उद्योग व्यवसायीलाई कस्तो जनशक्ति आवश्यक पर्ने हो त्यो उनीहरुले भनिदिनुपर्ने र सरकार तथा सम्बन्धित कलेज, युनिभर्सिटी वा तालिम केन्द्रले सोअनुसार जनशक्ति उत्पादन गर्न समन्वय गर्न सके राम्रो हुने धारणा राखेका थिए ।

परियोजनाका फोकल पर्सन रवीनकुमार श्रेष्ठले नेपाल सरकारद्वारा स्वीकृत यस परियोजनाको कार्यावधि १४ महिना रहेको र कुल बजेट १७ करोड ९० लाख ११ हजार ७ सय ३३ रुपैयाँ रहेको जानकारी दिए ।

उनका अनुसार पेशागत वर्गीकरणसम्बन्धी स्ट्याण्डर्डको विकास गर्ने, श्रमबजार सूचना प्रणालीको विकास गर्ने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा रोजगारदाताको आवश्यकतानुसार सीपयुक्त जनशक्तिको विकास गर्न सूचना तथा जानकारी दिने उद्देश्य छ ।

परियोजनाले कृषि, निर्माण र पर्यटन क्षेत्रलाई लक्षित गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, होटल सङ्घ नेपाल तथा निर्माण व्यवसायी महासङ्घको संयुक्त साझेदारीमा परियोजना सञ्चालन हुनेछ ।

युरोपियन युनियनले आर्थिक सहयोग गर्ने छ भने ब्रिटिस काउन्सिलअन्तर्गतको टिभेट प्राक्टिकल पार्टनरसीप परियोजनाको व्यवस्थापकीय सहयोगमा परियोजना कार्यान्वयन हुने जनाइएको छ ।

कार्यक्रममा पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनले श्रमका लागि विदेशिने नेपालीलाई स्वदेशमै रोक्न र आवश्यकतानुसारको दक्ष जनशक्ति उत्पादनमा सघाउन परियोजना सफल हुने विश्वास व्यक्त गरे । सङ्घ सो परियोजनाका प्रादेशिक समन्वय संस्था पनि हो ।

यसैगरी होटल सङ्घ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले परियोजनालाई सफल बनाउन आफूहरुको पूर्ण सहयोग रहने जनाउँदै सार्वजनिक निजी साझेदारीको अवधारणानुसार आफ्नो संस्थाले सधैँ काम गर्ने बताए।

वि.सं.२०७७ पुस ८ बुधवार १२:५३ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...