काठमाडौं । साताको चौंथो कारोबार दिन आज नेप्से ७.०४ अंकले बढेको छ ।
२०९४.२८ बाट सुरु भएको बजार २० मिनेटपछि २१२६ मा पुगेको थियो। त्यसपछि क्रमशः ओरालो लागेको बजार २०६८.४५ विन्दुमा पुगेर रोकिएको हो ।
आज २०३ कम्पनीको १ करोड १५ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ८६ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बैंकिङ समूहको सूचक २४.२७ अंकले बढेको छ। त्यसैगरी जीवन बिमा समूह ३९३ र म्युचुअल फण्ड ०.०७ अंकले उकालो लागेको छ ।
अन्य समूहको सेयर घटेको छ। व्यापार १०.८२, होटल १८, विकास बैंक १७.७६, जलविद्युत् २२, फाइनान्स ६.६३, निर्जिवन बिमा ५३ अंकले ओरालो लागेको छ ।
त्यस्तै उत्पादन २४.६५, अन्य ३६ र माइक्रोफाइनान्स ३०.९० अंकले घटेको छ । आज नबिल बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने नारायणी विकास बैंकका लगानीकर्ताले बढी गुमाएका छन्।
वि.सं.२०७७ पुस ८ बुधवार १६:३१ मा प्रकाशित