back
NMB ad

साढे ५ लाख भन्दा बढी निजी आवास पुनर्निर्माण भइसक्यो : पुनर्निर्माण प्राधिकरण

Kumari bank ad

काठमाडौँ । ५ लाख ५६ हजार ४ सय ८७ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको छैटौँ स्थापना दिवसका अवसरमा बबरमहल काठमाडौँमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका कुल ७ लाख ९६ हजार २ सय ४५ घर मध्ये ५ लाख ५६ हजार ४ सय ८७ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको र १ लाख ६८ हजार ८३ घर पुनर्निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

त्यस्तै ४ हजार २ सय ५७ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा उपलब्ध गराइएको छ भने निर्माणाधीन १३० एकीकृत बस्ती मध्ये ५० वटा बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको पनि कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

सांस्कृतिक तथा पुरातात्त्विक सम्पदा तर्फ क्षति ग्रस्त ९ सय २० वटा सम्पदा मध्ये ४ सय ६५ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

धरहराको २० औँ तला पुनर्निर्माण भइरहेको र सिंहदरबारको मुख्य प्रशासनिक भवनको उत्तर, दक्षिण र पूर्वी भागको काम यसै महिनाभित्र सम्पन्न गरी सक्ने पनि प्राधिकरणका कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिनुभयो ।

त्यस्तै भूकम्पबाट क्षतिग्रस्त भएका कुल ७ हजार ५ सय ५३ विद्यालय मध्ये ६ हजार ८५ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ भने कुल १ हजार १ सय ९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्था मध्य ६ सय ९८ स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

भूकम्पबाट क्षतिग्रस्त कुल ४ सय १५ सरकारी भवन मध्ये ३७४ वटा सरकारी भवनको पुनर्निर्माण काम सम्पन्न भएको पनि प्राधिकरणले जनाएको छ ।

वि.सं.२०७७ पुस १० शुक्रवार १८:०६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...