back
NMB ad

पुरातात्त्विक सम्पदा पुनर्निर्माण तीव्र

Kumari bank ad

काठमाडौं । २०७२ सालको भूकम्पले क्षति पु¥याएका पुरातात्त्विक तथा ऐतिहासिक सम्पदामध्ये आधाभन्दा बढी पुनर्निर्माण भइसकेका छन् ।

पुनर्निर्माण गर्नुपर्ने भनी पहिचान भएका कुल ९२० सम्पदामध्ये ४६५ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

बाँकी सम्पदाको पनि पुनर्निर्माणको काम भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । चर्चामा रहेको रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएको छ भने धरहराको २०औँ तलाको निर्माण सकिएको छ । सिंहदरबारको मुख्य प्रशासनिक भवनको उत्तर, दक्षिण र पूर्वी भागको काम तीव्र गतिमा भइरहेको छ ।

राजधानीको बबरमहल, केशरमहल, बालमन्दिर, नारायणहिटी सङ्ग्रहालयमा रहेको रणोद्वीप दरबार लगायतका पुरातात्त्विक महìवका दरबारको जीर्णोद्धार एवं पुनर्निर्माणले गति लिएको कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

उनका अनुसार बृहत्तर टुँडिखेल, केन्द्रीय कारागार क्षेत्रमा लोकतान्त्रिक सङ्ग्रहालय निर्माण, नारायणहिटी सङ्ग्रहालय, गोरखा र नुवाकोट दरबारसहित सातवटा पुरातात्विक सम्पदाको गुरुयोजना स्वीकृतिको चरणमा छ । गुरुयोजना स्वीकृतिसँगै ती क्षेत्रको संरक्षण र विकास कार्य अगाडि बढ्ने उनले बताए ।

प्राधिकरणका सम्पदा महाशाखा प्रमुख भरत अर्यालका अनुसार भूकम्पबाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत १७० वटामध्ये १०७ वटाको निर्माण सम्पन्न भइसकेको छ । बाँकीमध्ये पनि ५२ वटा निर्माणाधीन अवस्थामा छन् । विविध कारणले ११ वटाको निर्माण कार्य सुरु हुन सकेको छैन ।

काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाटन दरबार क्षेत्रका क्षतिग्रस्त १८ वटा सम्पदामध्ये १० वटाको र भक्तपुर दरबार क्षेत्रका क्षतिग्रस्त २९ वटा सम्पदामध्ये २३ वटाको निर्माण सम्पन्न भइसकेको छ ।

त्यसैगरी चाँगुनारायण क्षेत्रमा क्षतिग्रस्त आठमध्ये छवटा, हनुमानढोका दरबार क्षेत्रका क्षतिग्रस्त ३९ मध्ये १९ वटा, स्वयम्भू क्षेत्रका १३ मध्ये ११ वटा, पशुपति क्षेत्रका क्षतिग्रस्त ६२ वटामध्ये ३५ वटा र बौद्धनाथ क्षेत्रमा क्षतिग्रस्त एउटा सम्पदाको निर्माण सम्पन्न भइसकेको छ ।
पुनर्निर्माण सुरु हुन बाँकी रहेका ११ वटा सम्पदाको निर्माण चालू आर्थिक वर्षमा नै सुरु गरिने प्राधिकरणले जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस १२ आइतवार ०८:१० मा प्रकाशित

You can share this post!

गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियोः अध्यक्ष ओली   

गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियोः अध्यक्ष ओली   

वि.सं.२०८० चैत ६ मंगलवार १५:५१

गोदावरी (कैलाली), ६ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा...

एक्काइस वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ   

एक्काइस वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ   

वि.सं.२०८० चैत ६ मंगलवार १५:४७

काठमाडौँ, ६ चैत : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी...

उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या   

उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या   

वि.सं.२०८० चैत ६ मंगलवार १५:४४

काठमाडौँ, ६ चैतः काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको...

सेयर बजारमा ६ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ६ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८० चैत ६ मंगलवार १५:१८

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत ६ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

शिभम् सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

शिभम् सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत ६ मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...