back
NMB ad

घट्यो ऋणको ब्याजदर

Kumari bank ad

काठमाडौं । अघिल्लो आर्थिक वर्षको कात्तिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ऋणको ब्याजदर औसत साढे २ प्रतिशत विन्दुले घटेको छ ।

लामो समयदेखिको अधिक तरलताका कारण बैंकहरूबीच प्रतिस्पर्धा बढेको, बैंक तथा वित्तीय संस्थाको आधारदर घटेकोलगायत कारण ब्याजदरमा कमी आएको बैंकरहरू बताउँछन् ।

गत कात्तिकमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ऋणको भारित औसत ब्याजदर ९.५२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २.५५ प्रतिशत विन्दुले कम हो ।

२०७६ कात्तिकमा कर्जाको भारित औसत ब्याजदर १२.०७ प्रतिशत थियो । एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको औसत आधार दरमा झण्डै २ प्रतिशत विन्दुले कमी आएको छ । २०७६ कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधारदर ९.५० प्रतिशत रहेकामा गत कात्तिकमा ७.५७ प्रतिशत कायम भएको छ ।

बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर अझै घट्ने प्रक्षेपण गरिएको छ । लगानीका अन्य क्षेत्रमा लगानीको वातावरण बनिनसकेकोलगायत कारण पनि कर्जाको ब्याजदर अझै घट्ने जानकारहरू बताउँछन् । ‘मंसिरमा बैंकहरूको निक्षेप धेरैले घटेको छ, यसले आधार दर पनि घट्छ,’ एक बैंकरले भने, ‘त्यसपछि स्वतः कर्जाको ब्याजदर पनि घट्नुपर्छ ।’

राष्ट्र बैंकको तथ्यांकअनुसार पनि गत शुक्रबारसम्म वित्तीय प्रणालीमा करिब २ खर्ब रुपैयाँ अधिक तरलता छ । जसमध्ये अल्पकालका लागि विभिन्न औजारमार्फत करिब ९० अर्ब रुपैयाँ राष्ट्र बैंकले बजारबाट तानेको छ ।

साथै १ खर्ब १२ अर्ब रुपैयाँ वित्तीय प्रणालीमा अधिक तरलताका रूपमा छ । राष्ट्र बैंकले छोटो समयका लागि बजारबाट पैसा तानेकाले त्यसको परिपक्वको अवधि सकिएपछि फेरि प्रणालीमै फर्किनेछ ।

आउँदा दिनमा कर्जा माग धेरैले नबढे वित्तीय प्रणालीमा पुनः अधिक तरलता कायम हुने जानकारहरू बताउँछन् । कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७७ पुस १२ आइतवार ०८:३५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...