back
NMB ad

पर्यटन बजारमा प्रकृति र संस्कृतिको उपयोग गरिनुपर्नेमा जोड

Kumari bank ad

गण्डकी । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रममा ग्रामीण क्षेत्रका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा उपयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल पर्यटन बोर्ड पोखराको प्रवर्द्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत शनिबार बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँकोटस्थित शिवधुरी सामुदायिक घरवास र गलकोट नगरपालिका–११ स्थित रिघा सामुदायिक घरवासमा गरिएका अन्तरक्रियामा वक्ताले नेपालमा ग्रामीण क्षेत्रमा पर्याप्त पर्यटकीय सम्भावना भएर पनि त्यसको अझै उजागर हुन नसकेको बताए । कोरोना कहरका कारण थलिएको पर्यटनलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै चलायमान गराउनुपर्नेमा पनि वक्ताहरूले जोड दिए ।

भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले ‘हरेक गाउँ, पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ भिटोफले गाउँ पर्यटनको प्रवद्र्धन र विकासमा जोड दिएको बताए ।

लामो समयदेखि कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीसहितको टोली पुनःउत्थान एवं प्रवद्र्धन कार्यक्रममा सहभागी भएको उनले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले प्रकृति र संस्कृतिले सम्पन्न पर्यटकीय गाउँको प्रवर्द्धनका माध्यमबाट आन्तरिक पर्यटनको विकास गर्न सकिने बताए ।

पर्यटनमा बाटोको सहजता अपरिहार्य हुने बताउँदै उनले गाउँसम्म आउने बाटोलाई व्यवस्थित गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए । पर्यटकीय सम्भावनाका आधारमा गाउँको प्राथमिकीकरण गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीले रमणीय गाउँहरूमा पर्यटनका धेरै सम्भावना रहेको भन्दै पूर्वाधार विकासलगायतमा स्थानीय जागरुकता अपरिहार्य हुने बताए ।

स्थानीय जागरुकता भएमा बजेटको अभावमा पूर्वाधार नरोकिने उनको तर्क छ । शिवधुरी सामुदायिक घरवासका अध्यक्ष प्रेमबहादुर श्रीषले घरवास पर्यटनमा पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह हुनुपर्ने आवश्यकता औँल्याए । घरवास सञ्चालनका लागि निर्धारित मापदण्डलाई सहज बनाउनुपर्ने उल्लेख गर्दै उनले सुन्दर गाउँहरू प्रवद्र्धनको पर्खाइमा रहेको बताए ।

घरवासका सचिव प्रेमबहादुर पुन, उपाध्यक्ष ध्रुवबहादुर कँडेल, काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य हेमबहादुर विकलगायतले शिवधुरी र आसपासका ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थललाई पर्यटनसँग जोड्न सकिने धेरै आधार रहेको उल्लेख गरे ।

वि.सं.२०७७ पुस १२ आइतवार ०९:२६ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...