back
NMB ad

इलाममा ६.५ मेगावाटको सिद्धिखोला विद्युत् सञ्चालनमा आउँदै

Kumari bank ad

इलाम । इलाममा थप एउटा जलविद्युत् सञ्चालनमा आउने भएको छ ।

इलामको सिद्धिखोलाबाट ६ दशमलव ५ मेगावाटको जलविद्युत् सञ्चालन हुने भएको हो । रोङ गाउँपालिकामा र सूर्योदय नगरपालिकाको सिमाना बनाएर बग्ने सिद्धिखोलामा सिद्धि हाइड्रो सञ्चालन हुने भएको हो ।

आउने २०७८ साउनसम्ममा काम सम्पन्न गर्ने गरी काम थालिएको छ । रोङ–६ र सूर्योदय नगरपालिका–५ को खरबनी नजिकैको स्थानमा हेड ट्यांकी निर्माण गरिएको छ । तीन हजार ६०० मिटरमुनि सुङतुङ र रोङ–६ को रामभेडेसम्म पाइप लाइन विस्तार गरी रामभेडेमा विद्युत्गृह निर्माण गरिने छ ।

दुई ओटा पेल्टन टर्वाइन राखेर बिजुली निकाल्नका लागि करीब रू. एक अर्ब २० करोड लगानी लाग्ने अनुमान गरिएको इञ्जिनीयर दिवस भट्टराईले बताए ।

यस खोलामा यसअघि लुम्बिनी हाइड्रोले १० दशमलव २ मेघावाट बिजुली निकाल्ने तयारी गरेको थियो तर खोलामा पानीको मात्रा कम भएकाले बढी विद्युत् निकाल्न नसकिने भन्दै ६ दशमलव ५ मेगावाट विद्युत् उत्पादनको तयारी थालिएको हो ।

आयोजना सञ्चालनका लागि रम्भ्याङबाट हेड ट्यांक र विद्युत्गृहसम्मको पहुँच मार्ग करीब निर्माण भइसकेको छ । कार्यालय सञ्चालनका लागि भवनसमेत निर्माण गरिसकिएको इञ्जिनीयर भट्टराईको भनाइ छ । यहाँबाट उत्पादित बिजुली फिक्कलमा रहेको ट्रान्समिसन लाइनसम्म लगेर केन्द्रीय प्रसारण लाइनमा जोडिने छ ।

गाउँमा जलविद्युत् सञ्चालनपछि स्थानीयवासी खुशीसमेत भएका छन् । गाउँगाउँमा सडक निर्माण हुने र आफ्नै ठाउँबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भन्दै उनीहरु खुशी भएका हुन् ।

साथै आफ्नो दायित्वको काम गरे अझ स्थानीयवासीको क्षमता विकास र वातावरणीय प्रभाव कम गर्ने खालका काम गरिने स्थानीय गोविन्द पौडेलको भनाइ छ । इलामका विभिन्न खोलामा एक दर्जन बढी जलविद्युत् सञ्चालनमा छन् । रासस

वि.सं.२०७७ पुस १३ सोमवार ११:४६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...