काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ९ लाख ८५ हजार कित्ता शेयर सूचीकृत भएको छ ।
नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ५ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । कम्पनीको उक्त बोनस शेयर वापतको ९ लाख ८५ हजार ४४६ कित्ता शेयर सूचीकृत भएको हो ।
पुस १५ गतेदेखि दोस्रो बजारमा कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
वि.सं.२०७७ पुस १४ मंगलवार १२:०५ मा प्रकाशित