back
NMB ad

भोलि यी आठ बैंक तथा वित्तीय कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Kumari bank ad

काठमाडौं । नेपाल बैंक सहित आठ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवारसम्म रहेको छ ।

नेपाल बैंक,बरुण हाइड्रोपावर कम्पनी,साना किसान लघुवित्त, साधना लघुवित्त वित्तीय संस्था, सेञ्चुरी कमर्सियल बैंक,शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक,कामना सेवा विकास बैंक र एनएमबि बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार हो ।

ती आठ ओटै कम्पनीले लाभांश प्रयोजन र साधारण सभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गरेसँगै पुस १५ गतेसम्म शेयर कायम गर्नुपर्ने हुन्छ ।

नेपाल बैंकले गत आवको मुनाफबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत बोनस शेयर, एनएमबि बैंकले १३ प्रतिशत बोनस शेयर र ३ दशमलव २० प्रतिशत नगद लाभांश, कामना सेवा विकास बैंकले ४ दशमलव ४० प्रतिशत बोनस शेयर र शून्य दशमलव २३ प्रतिशत नगद लाभांश, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १३ प्रतिशत बोनस शेयर, सेञ्चुरी कमर्सियल बैंकले ५ दशमलव २५ प्रतिशत बोनस शेयर र २ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

त्यसैगरी साधना लघुवित्त वित्तीय संस्थाले १८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९४ प्रतिशत नगद लाभांश, साना किसान लघुवित्तले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५ प्रतिशत नगद लाभांश र बरुण हाइड्रोपावर कम्पनीले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

लाभांश पारित गर्नका लागि बरुण हाइड्रोपावर कम्पनीले पुस २६ गते साधारण सभा आयोजना गरेको छ । त्यसैगरी साना किसान लघुवित्तले पुस २८ र बाँकी कम्पनीले पुस २९ मा साधारण सभा आयोजना गर्न लागेका हुन् ।

वि.सं.२०७७ पुस १४ मंगलवार १५:५९ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...