back
NMB ad

नेपाल टेलिकमले आउँदो शुक्रबार आफ्नो आईपीटिभी सेवा सञ्चालनमा ल्याउने

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले आउँदो शुक्रबार आफ्नो आईपीटिभी सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले आउँदो पुष १७ गतेदेखि एनटीटिभी ब्राण्डमा फाइबर टु द होम (एफटीटीएच) मार्फत आईपीटिभी सेवा उपलब्ध गराउने भएको हो ।

हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस र इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । अब भने कम्पनीले सोही फाइबरमा आईपी टिभी सेवा थप गर्ने भएको हो ।

कम्पनीको एनटीटिभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच भने अपरिहार्य हुन्छ । तत्कालका लागि यो सेवा काठमाण्डौं उपत्यका भित्र सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी र गोंगबुमा उपलब्ध हुनेछ ।

यसैगरी पाटन, हात्तिगौंड, जोरपाटी, किर्तिपुर, सैबु, लुभु, नक्साल तथा उपत्यका बाहिर बनेपामा एफटीटीएच नेटवर्क पुगिसकेका र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुनेछ ।

हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहनु भएका ग्राहकवर्गले एनटि टिभि सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नु पर्दछ ।

एनटि टिभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट एसटीबी (सेट टप बक्स) खरिद गर्नु गर्दछ भने ग्राहकले प्रयोग गरिरहेको ट्रेडिसनल टिभी सेट र आधुनिक डिजिटल टिभि सेटमा एनटि टिभी हेर्न सकिन्छ ।

विभिन्न राष्ट्रिय टिभि च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटि टिभि सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्ने हुनाले ग्राहकवर्गले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारको प्याकेज छनौंट गरी सेवा लिन सक्नुहुनेछ । प्याकेज तथा दररेट सम्बन्धि जानकारी कम्पनीको वेबसाइट तथा अन्य माध्यमहरुबाट सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

साथै, एनटि टिभि सम्बन्धमा ग्राहकवर्गलाई उपयोगी हुने थप जानकारी एफएक्यूको रुपमा तथा सेट टप बक्स र एफटीटीएच राउटर बिचको कनेक्सन सम्बन्धि जानकारीहरु भिडियो क्लिप जस्ता उपयुक्त माध्यमबाट ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गर्ने तयारी भइरहेको छ ।

कम्पनीका भ्वाइस सेवा, डाटा सेवा र टिभि सेवा एउटै फाइबरको माध्यमबाट उपलब्ध हुने भएकोले कम्पनीका सेवाहरु ग्राहकवर्गलाई थप आकर्षक हुने अपेक्षा गरिएको छ ।

वि.सं.२०७७ पुस १५ बुधवार १२:५९ मा प्रकाशित

You can share this post!

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...