दोर्दी खोला जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्ने, कहिले र कतिको आउँदै छ ?

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न माघ ९ गते हुने साधारणसभामा विशेष प्रस्ताव पेश गर्ने भएको छ ।

यद्यपी कम्पनीले आईपीओको रकम खुलाएको छैन । कम्पनीले क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दोर्दी खोला जलविद्युतको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।

सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा जुममार्फत बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले लम्जुङ जिल्लामा १२ मेगावटको दोर्दी १ आयोजना निमार्ण गरिरहेको छ ।

२०७७ पौष १६ गते ०८:२४ मा प्रकाशित

You can share this post!

८२ अर्ब पुर्नकर्जा प्रवाह भइसक्योः गर्भनर अधिकारी

८२ अर्ब पुर्नकर्जा प्रवाह भइसक्योः गर्भनर अधिकारी

Related posts