आगामी २४ गतेबाट चन्द्रागिरि हिल्सको आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले आगामी २४ गतेदेखि साधारण शेयर (आईपीओ) विक्री खुला गर्ने भएको छ । कम्पनीले निष्कासन गर्न लागेको प्रतिकित्ता रु. १०० अंकित आईपीओमा सर्वधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता शेयर मध्ये ४ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी रहेको १३ लाख ९६ हजार ४४ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिने भएको हो ।

उक्त आईपीओमा पुस २४ गतेदेखि छिटोमा पुस २८ गतेसम्म र ढिलोमा माघ १० गतेसम्म आवेदन दिन सकिने छ । उक्त आईपीओले ईक्रा नेपालबाट ईक्रा एनपी आई आर डबल बी रेटिङ प्राप्त गरेको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले यस अघी नै प्रभावित क्षेत्रका सर्वसाधारणलाई आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

२०७७ पौष १७ गते १२:०० मा प्रकाशित

You can share this post!

एनआरएन इन्फ्रास्ट्रक्चरद्वारा लाभांश प्रस्ताव

एनआरएन इन्फ्रास्ट्रक्चरद्वारा लाभांश प्रस्ताव

Related posts