back
NMB ad

भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधन आयातमा कमी, भन्सार राजस्व प्रभावित

Kumari bank ad

वीरगञ्ज । विद्यमान कोरोना संक्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालू आर्थिक वर्षको मंसिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने सवारी साधन सोचेजस्तो आउन नसकेका कारण चालू आवको मंसिर महीनासम्ममा सोचेजस्तो राजस्व उठन नसकेको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए।

चालू आवको मंसिर महिनासम्ममा वीरगञ्ज नाका भएर ३ अर्ब २९ करोड मूल्य बराबरको ३७ हजार ६७१ थान मोटरसाइकल र २ अर्ब ८२ करोड मूल्य बराबरको २ हजार ५७४ थान जीप, कार र भ्यान आयात भएको छ । जबकी गत आवको यसै अवधिमा ४ अर्ब १२ करोड मूल्य बराबरको ४ हजार २५१ थान विभिन्न प्रकारका सवारी साधन आयात भएका थिए ।

समग्रमा हेर्दा चालू आवको मंसिर महिनासम्ममा ७२ करोड ६२ लाख मूल्य बराबरको ५०६ थान डबल क्याब पिकअप गाडी, ३५ करोड ७८ लाख मूल्य बराबरको सिङ्गल क्याब पिकअप गाडी, १ अर्ब १२ करोड मूल्य बराबरको ४८० थान ट्रक, मिनि ट्रक र ५३ करोड ९९ लाख मूल्य बराबरको २९७ थान बस, ट्रक, कार, चेसिस आयात भएको छ ।

जबकी अघिल्लो आवको मंसिर महिनासम्मको तथ्याङ्क हेर्दा सो अवधिमा ४ अर्ब १२ करोड मूल्य बराबरको ४ हजार २५१ थान सवारी साधन नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ ।

अघिल्लो वर्षको सोही पाँच महिनाको अवधिमा ३ अर्ब ६९ करोड मूल्य बराबरको ४३ हजार ५७२ थान मोटरसाइकल, ३५ करोड ७८ लाख मूल्य बराबरको ५६२ थान सिङ्गल क्याव पिकअप गाडी, ५३ करोड ३४ लाख मूल्य बराबरको ७६५ थान अन्य सवारी सधान, २ अर्ब २९ करोड मूल्य बराबरको ८६७ थान ट्रक, मिनी ट्रक, १ अर्ब १३ करोड मूल्य बराबरको ६७८ थान बस, ट्रकका चेसिस भित्रिएको थियो ।

यो नाका भएर भारतबाट ८० प्रतिशत तथा तेस्रो मुलुकबाट २० प्रतिशत गाडी भित्रिने गरेको छ तर कोरोना संक्रमणको कारण सिमानाका लामो समयदेखि बन्द रहेकाले गत वर्षजस्तो सवारी साधन आयात हुन नसक्दा चालू आवको मंसिरसम्मको राजस्व लक्ष्य भेट्टाउन नसकिएको भन्सार अधिकृत अधिकारीले बताए।

अहिले पनि आयातकर्ताले भारत तथा तेस्रो मुलुकबाट आयात गरेको सवारी साधन लग्न नसक्दा करीब ३०० सवारी साधन भन्सार वार्डमा थन्किएको छ ।

भन्सार विभागले चालू आवमा वीरगञ्ज भन्सार कार्यालयलाई १ खर्ब ७१ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएको छ । आव ०७७/०७८ को मंसि महिनासम्म ६५ अर्ब २५ करोड ५५ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएकोमा वीरगञ्ज भन्सारले तोकिएको अवधिमा ११ प्रतिशत कम अर्थात् ५८ अर्ब १५ करोड ८९ लाख रुपैयाँ मात्र राजस्व उठ्न सकेको छ ।

वि.सं.२०७७ पुस १७ शुक्रवार १२:१० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...