back
NMB ad

नागरिक बहु–उद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न

Kumari bank ad

भक्तपुर । नागरिक बहु–उद्देश्यीय सहकारी संस्था लि. सुर्यविनायकको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै बागमती प्रदेश सभाका सभासद रजनी जोन्छेंले कोभिड– १९ को महामारीको समयमा पनि सदस्यहरुको सेवामा कुनै कमी हुन नदिएको र गर्नुपर्ने सुधार र प्रगतिको लागि आगामी दिनमा समेत सञ्चालक अझै क्रियाशील भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले सहकारी क्षेत्रमा देखिएको विकृति तथा विसंगति अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिँदै धेरै ब्याज दिने नाममा आफ्ना संस्थामा सदस्य तान्ने होडबाजी चलेको भन्दै उनीहरुको लोभ लालचमा नफस्न बचतकर्ताहरुलाई आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष देवलाल किसीले आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । संस्थाले आफनो वार्षिक साधारण सभालाई बिगत वर्षहरुमा भन्दा फरक ढंगबाट सम्पन्न गरेको छ ।

यस वर्ष कोभिड–१९ अर्थात कोरोना भाइरसबाट हुने सक्ने जोखिमको विषम परिस्थितिमा नेपाल सरकार, नियमन निकाय एवं छातासंघहरुको निर्देशन तथा मार्गदर्शनलाई समेत मध्यनजर गरी पुस ८ गतेदेखि पुस १७ गतेसम्म सदस्यहरुलाई कार्यालयमा उपस्थिति गराई आज साधारण सभा सम्पन्न गरेको संस्थाका उपाध्यक्ष बिदुरमान सिंह बस्नेतले जानकारी दिए ।

वि.सं.२०७७ पुस १९ आइतवार १२:५५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...