back
NMB ad

जुम्लाको पातरासीमा १५ लघुजलविद्युत् आयोजना

Kumari bank ad

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा १५ वटा लघुजलविद्युत् आयोजना निर्माण भएपछि विद्युत्मा आत्मनिर्भर बनेको छ । स्थानीय सरकार आएपछि १५ देखि १०० किलोवाटसम्मका ती आयोजना निर्माण भएको गाउँपालिकाले जनाएको छ ।

वषौंदेखि अन्धकारमा बस्न बाध्य स्थानीय वासिन्दाले ती आयोजनाहरुको निर्माणपछि विद्युत् सुविधा प्राप्त भएको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताए ।

उनका अनुसार पातारासीमा ५८ किलोवाटको विउरेनी विद्युत् आयोजना, २५ किलोवाटको लुम विद्युत् आयोजना, २५ किलोवाटको तल्फी जलविद्युत् आयोजना, ४५ किलोवाटको त्रिवेणी जलविद्युत् आयोजना, २५ किलोवाटको माथि लोर्पा विद्युत् आयोजना, रिनीमा नौ किलोवाट, पटमारामा १२ किलोवाट, तलि लोर्पामा पाँच किलोवाट, लाम्रीमा नौ किलोवाट र महरीमा छ किलोवाटको लघुजलविद्युत्को निर्माण सम्पन्न भएको छ ।

जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारीमा पातारासी जुटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । पन्ध्र आयोजनामध्ये ११ वटाबाट साढे दुई सय किलोवाट विद्युत् उत्पादन भइरहेको छ ।

घरघरमा बत्ती पुगेसँगै टुक्कीकै भरमा दिन गुजारी रहेका पातारासीका १७ हजार बढी नागरिकले विद्युत् सुविधा प्राप्त गरेका छन् । अहिले विद्युत्को पहुँच पुगेपछि झरो बाल्ने बाध्यता पनि हटेको छ भने बालबालिकाले सहजरुपमा पढ्न पनि पाएका छन् । विद्युतीकरणपछि फर्निचर उद्योग तथा साना जडीबुटी उद्योग पनि सञ्चालन भएका छन् ।

विद्युत् क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर पालिकाले साढे तीन वर्षमै घरघरमा विद्युतीय पहुँच विस्तार गर्न सफल भएको गाउँपालिका अध्यक्ष बोहोराले बताए ।

साढे तीन वर्षमा पालिकाका करीब २७ बस्तीका तीन हजार ४०० घरधुरीलाई विद्युत्को पहुँचमा पुर्याउन सफल भएको पातारासी गाउँपालिकाले जनाएको छ ।

विद्युत् गृहका कर्मचारीको तलब र मेसिन मर्मत खर्च सबै पालिकाले नै व्यहोर्ने गरी यहाँका तीन हजार ४०० घरधुरीलाई नै निःशुल्क बत्ती दिने व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष पुन्नकली महतराले बताए । एक मेगावाट क्षमताको चुकेनी जलविद्युत् आयोजना निर्माणका लागि गाउँपालिकाले रु दुई करोड शेयर लगानी समेत गरेको छ ।

वि.सं.२०७७ पुस १९ आइतवार १५:०४ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...