back
NMB ad

भोलिदेखि सबै स्कुल एक महिनासम्म बन्द हुने !

Kumari bank ad

एजेन्सी । कोरोना भाइरस (कोभिड– १९) सँगै यसको नयाँ संस्करणको भाइरस अनियन्त्रित रूपमा फैलन थालेपछि बेलायतमा सात साताका लागि सोमबार लकडाउन घोषणा भएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले सन् २०२१ को मार्चसम्म देशभर कडा लकडाउन रहन सक्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री जोनसनले सबै जनताले लकडाउन अवधिमा कडा रूपमा नियम पालना गर्ने विश्वास व्यक्त गरेका छन् ।

कोरोना भाइरसका कारण बेलायतमा एक लाख व्यक्तिको निधन हुन नदिन पनि लकडाउन आवश्यक रहेको प्रधानमन्त्री जोनसनको भनाइ छ । अहिलेसम्म बेलायतमा कोरोना भाइरसबाट २७ लाख १३ हजार संक्रमित भएका छन् । साथै ७५ हजार तीन सय ४१ जनाको निधन भइसकेको छ ।

बेलायतमा मध्यफेब्रुअरीसम्म सबै स्कुल बन्द हुनेछन् । तर, प्रधानमन्त्री जोनसनले ग्रामीण भेगका स्कुल तथा कलेजका विद्यार्थीलाई पठनपाठन गराउन सकिने अनुमति दिएका छन् । यस्तो अवस्थामा विद्यार्थीको संख्या आधा मात्र हुनुपर्नेछ ।

स्वास्थ्य र फिटनेस कायम राख्न सातामा एक दिन मात्र बाहिर आउन पाउने अनुमति छ । बिहान र साँझ मात्र एक्सरसाइज गर्न मिल्नेछ । लकडाउन घोषण भएकै दिन ४ जनवरीदेखि रात्रिकालीन पसलहरू बन्द भइसकेका छन् ।

बेलायतमा सोमबार मात्र ५८ हजार सात सय ८४ जना संक्रमित थपिएका थिए । पछिल्लो २८ दिनमा चार सय सातजनाको निधन भएको छ । ‘हामीलाई कोरोना नियन्त्रण गर्न निकै दबाब बढेको छ,’ प्रधानमन्त्री जोनसनले भने, ‘पहिलोभन्दा अहिले संक्रमित बढिरहेका छन्, यसैकारण सरकारमाथि दबाब बढेको हो ।’ यसैगरी ७० वर्षमाथिका व्यक्तिलाई घरबाहिर ननिस्कन भनिएको छ । फ्रन्टलाइनमा काम गर्ने सबैलाई आपतकालीन अवस्थामा रहन प्रधानमन्त्री जोनसनले निर्देशन दिएका छन् । फेब्रुअरीको मध्यसम्म सबैले भ्याक्सिन पाउन सक्ने उनको भनाइ छ ।

वि.सं.२०७७ पुस २१ मंगलवार १३:४९ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...