back
NMB ad

प्रभु बैंकका सिइओ शेरचनको तलब भत्ता तीन करोड ४२ लाख, अन्यको कति ?

Kumari bank ad

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गत आर्थिक वर्ष २०७६/७७ मा तलब भत्ता, कर्मचारी बोनस, दसैं तथा विदा भत्ताबापत तीन करोड ४२ लाख ३० हजार रुपैयाँ बुझेका छन्।

शेरचनले तलब भत्ताबापत दुई करोड ५७ लाख रुपैयाँ बुझेका छन । त्यस्तै नाफाबाट नियम अनुसार कर्मचारी बोनस बापत ४८ लाख ७० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

शेरचनले दसैं तथा बिदा बापत ३५ लाख ६८ हजार रुपैयाँ भत्ता बुझेका छन्। बैंकका अन्य पदाधिकारीहरुले २ करोड ४० लाख रुपैयाँ प्राप्त गरेका छन्।

बैंकको गत आर्थिक वर्षको १९ औं वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार बैंकका कर्मचारीका लागि २ अर्ब १५ करोड रुपैयाँ बोनससहित खर्च भएको छ । कर्मचारीले गत आर्थिक वर्षको मुनाफबाट १९ करोड ७५ लाख रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै संचालन खर्च एक अर्ब ४३ करोड रुपैयाँ रहेको छ।

सञ्चालक समितिले गत वर्ष बैठक भत्ता र पत्रपत्रिका तथा टेलिफोन खर्चबापत ३१ लाख ३० हजार रुपैयाँ प्राप्त गरेका छन्। सञ्चालक समितिको एउटा बैठकमा उपस्थित भएबापत अध्यक्षले १२ हजार रुपैयाँ र सञ्चालक सदस्यले १० हजार रुपैयाँ प्राप्त गर्छन्। यसबाहेक अध्यक्षले थप अन्य खर्चका लागि ११ हजार रुपैयाँ र सदस्यले १० हजार रुपैयाँ प्राप्त गर्छन्।

वि.सं.२०७७ पुस २२ बुधवार ११:२१ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...