काठमाडौं । बुधवार कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक ११ दशमलव ५६ अंकले बढेर २ हजार १७७ दशमलव शून्य ५ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ५३ प्रतिशतले बढेको छ ।
दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक शून्य दशमलव ४३ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।
दोस्रो घण्टाको अवधिमा १९९ ओटा कम्पनीको रू. २ अर्ब १० करोड २० लाख बराबरको खरीदविक्री भएको छ ।
वि.सं.२०७७ पुस २२ बुधवार १३:०२ मा प्रकाशित