back
NMB ad

व्यावसायिक कृषिका लागि यान्त्रिकीकरण

Kumari bank ad

विराटनगर । परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई विस्थापित गरी व्यावसायिक कृषितर्फ उन्मुख गराउनका लागि विराटनगर महानगरपालिकाले कृषि यान्त्रिकीकरणलाई प्राथमिकतामा राखेको छ ।

यसका लागि महानगरपालिकाले किसानलाई रू. १० लाख सहयोग प्रदान गर्ने भएको छ । यो सहयोगमा कृषकले रू. १० लाख थपेर कृषि औजार रिपर खरीद गर्ने योजना बनाएको महानगरपालिकाका प्रमुख भीम पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिए ।

विराटनगर–१९ मा रहेको खापटोलमा स्थानीय कृषकको समूहले २२ बिघा क्षेत्रफलमा गहुँ खेती गरेका छन् । महानगरपालिकाको गहुँपकेट कार्यक्रमअन्तर्गत बरियाली कृषक समूहले खेती गरेका हुन् । समूहमा २५ जना किसान संलग्न छन् ।

त्यहाँ विजय जातको गहुँ लगाएका छन् । खेतीका लागि महानगरको कृषि शाखाले गुणस्तरयुक्त सो जातको बीउबिजन प्रदान गरेको थियो । यसका अलावा कृषकलाई विभिन्न कृषि औजार र व्यवस्थापनमा महानगरले सहयोग गरेको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, कृषि विज्ञ र कर्मचारीसहितको टोलीले गहुँको पकेट क्षेत्रको स्थलगत निरीक्षण गर्दै कृषकका आवश्यकता र स्रोत साधनको व्यवस्थापनसमेतका विषयमा जानकारी लिए ।

सोही अवसरमा कृषकहरुद्वारा आयोजित छलफलमा समेत प्रमुख पराजुली सहभागी भएका थिए । कृषकले गहुँ र धान काट्ने आधुनिक कृषि औजार रिपर उपलब्ध गराइदिन माग गरेबमोजिम महानगरले रू. १० लाख दिने भएको छ । यसमा कृषकले समेत रू. १० लाख थप गरी रू. २० लाखको लागतमा कृषि औजार खरीद गर्ने भएका छन् ।

विराटनगर–१८ र १९ मा कृषि गर्न योग्य क्षेत्र रहेका छन् । महानगरले यी दुवै क्षेत्रमा कृषिका कार्यक्रमहरु केन्द्रित गरेको छ भने कृषकका लागि विभिन्न सेवा दिँदै आएको छ । विराटनगर क्षेत्रमा खाली भूभागमा धान खेती, तरकारी खेती, मकैबाली, गहुँबाली जस्ता बाली लगाउने गरिएको छ भने केही किसानले आँपका बगैँचा पनि लगाएका छन् ।

महानगरपालिकाका प्रमुख पराजुलीले कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि सक्दो सहयोग गर्ने बताए ।

वि.सं.२०७७ पुस २२ बुधवार १६:५५ मा प्रकाशित

You can share this post!

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १४:५६

चौतारा (सिन्धुपाल्चोक), ६ वैशाखः चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी...

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...