back
NMB ad

जुगलका दुई बस्ती स्थानान्तरण गर्न सिफारिस

Kumari bank ad

काठमाडौं । गएको वर्षामा बाढीपहिरोबाट ठूलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिस गरेको छ ।

बाढीपहिरोले वर्षाको समयमा सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भएपछि सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

असार–साउनमा गएको पहिरोले जुगल गाउँपालिकाको लिदीमा मात्रै ३९ जनाको मृत्यु भएपछि सरकारले सो क्षेत्रलगायत आसपासका जोखिम बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञको टोली एक महिनाअघि पठाएको थियो ।

पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञको टोलीले एक सातासम्म जुगल गाउँपालिकाका चार जोखिम बस्तीको स्थलगत अध्ययन गरेको थियो ।

स्थलगत अध्ययन गर्न गएको टोलीले पुनर्निर्माण प्राधिकरण र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अध्ययनको निष्कर्षसहितको प्रतिवेदन हस्तान्तरण गरिसकेको छ ।

विज्ञको टोलीमा पुनर्निर्माण प्राधिकरणका तर्फबाट सहभागी जिल्ला आयोजना कार्यान्वयन इकाइ ९भवन०का प्रमुख सन्तोष निरौलाले मंगलबार पत्रकार सम्मेलन गरेर अध्ययन गरिएका चार बस्तीमध्ये दुई बस्ती उच्च जोखिममा रहेको निष्कर्ष निकालिएको जानकारी दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा भूगर्भविद्, जिओटेक इन्जिनियर, सहरी योजनाकार, नापी अधिकारीलगायत विज्ञ सम्मिलित प्राविधिक टोलीले जोखिम स्थलको अध्ययन गरेको थियो ।

‘हामीले एक सातासम्म जोखिम बस्तीको अध्ययन ग¥यौं । चार बस्तीमध्ये दुई बस्ती नै स्थानान्तरण गर्नुपर्छ,’ प्रमुख निरौलाले भने, ‘लिदी र सानो नाम्फामा अब मानवबस्ती बसाउनै मिल्दैन ।’

यस वर्षको वर्षाको समयमा पहिरोबाट ३९ जनाको ज्यान गएको लिदीमा अब बस्ती बसाल्न नसक्ने अध्ययनबाट देखिएको प्रमुख निरौलाले जानकारी दिए । लिदीमा १ सय ७२ घरधुरी थिए । खेतीपाती गर्न मिल्ने भए पनि लिदीमा फेरि बस्ती राखियो भने योभन्दा ठूलो जनधनको क्षति हुने प्रमुख निरौलाले जानकारी दिए ।

विज्ञको टोलीले जुगल गाउँपालिकाका लिदी, बोल्दे, ठूलो नाम्फा, सानो नाम्फा र सन्चगाउँको अध्ययन गरेको थियो । ‘हामीले अध्ययन गर्दा लिदी र सानो नाम्फा जोखिममा रहेको पाएका छौं । सन्चगाउँ र ठूलो नाम्फामा केही सुरक्षाका सावधानी अपनाएर बस्ती बसाउन सकिन्छ,’ प्रमुख निरौलाले भने ।

वि.सं.२०७७ पुस २३ बिहीवार ०८:१३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...