गणपति लघुवित्तको लाभांश दोब्बर बढ्यो, नगद र बोनस कति ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । संस्थाको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने भएका छन् । अघिल्लो वर्ष गणपतिले ७ प्रतिशत बोनस सेयर दिएको थियो ।

गणपतिको चुक्तापुँजी ११ करोड ७ लाख ४५ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि चुक्तापुँजी बढेर १२ करोड ७३ लाख रुपैयाँ पुग्ने संस्थाले जनाएको छ।

२०७७ पौष २३ गते १२:१५ मा प्रकाशित

You can share this post!

प्रभु लाइफ इन्स्योरेन्सद्वारा शेयर अभौतिकीकरण गराउन अनुरोध

प्रभु लाइफ इन्स्योरेन्सद्वारा शेयर अभौतिकीकरण गराउन अनुरोध

Related posts