back
NMB ad

भोलि यी पाँच बैंक तथा वित्तीय कम्पनीको साधारण सभा हँदै, कुनले कति लाभांश पारित गर्ने ?

Kumari bank ad

काठमाडौं । भोलि सनराइज बैंकसहित ५ ओटा कम्पनीको साधारण सभा हुने भएको छ ।

स्ट्याण्डर्ड चार्टड बैंक, सनराइज बैंक, आरएसडिसी लघुवित्त वित्तीय संस्था,महिला लघुवित्त वित्तीय संस्था र सान्जेन जलविद्युत् कम्पनीको साधारण सभा हुन लागेको हो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले एभरेष्ट होटल नयाँ बानेश्वरमा विहान १२ः१५ मा साधारण सभा बोलाएको छ ।

सभाले ७ प्रतिशत बोनस शेयर र ४ दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस ८ गते सम्म कायम शेयरधनीले पाउनेछन् ।

त्यसैगरी आरएसडिसी लघुवित्त वित्तीय संस्थाले एशियन होटल बुटवलमा बिहान ९ बजे साधारण सभा बोलाएको हो । सभाले ९ प्रतिशत बोनस शेयर र ३ दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त कम्पनीको लाभांश पुस ९ गते सम्म कायम शेयरधनीले पाउनेछन् । सनराइज बैंकले अम्रपाली ब्याक्वेंट काठमाडौंमा बिहान १० बजे साधारण सभा बोलाएको छ । सभाले ५ दशमलव ८ प्रतिशत बोनस शेयर २ दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस ६ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।

महिला लघुवित्त वित्तीय संस्थाले केन्द्रीय कार्यालय काभ्रेमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।सभाले शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सान्जेन जलविद्युत् कम्पनीले पनि बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

सभा चिलिमे जलविद्युत् कम्पनीको सभाहल धुम्रबाराहीमा हुने बताएको छ । सभाले आव २०७६र ७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

वि.सं.२०७७ पुस २३ बिहीवार १२:३९ मा प्रकाशित

You can share this post!

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...