back
NMB ad

नगरपालिका आफैँले घाट चलाउने

Kumari bank ad

तनहुँ । हालसम्म ठेक्कामार्फत सञ्चालन हुँदै आएको मादी नदी घाट अब व्यास नगरपालिका आफैँले सञ्चालन गर्ने भएको छ ।

व्यास नगरपालिका–४, ५, ६, ७, १० अन्तर्गत पर्ने मादी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा सङ्कलनका लागि नगरपालिका आफैंले घाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

नदीजन्य पदार्थ बिक्री गर्न दुई पटकसम्म ३०/३० दिने सार्वजनिक सूचना प्रकाशित गरिएकामा बोलपत्र लाग्न नसकेको भन्दै नगरपालिकाले आर्थिक ऐन २०७७ अनुसार एक हप्ताभित्र घाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै नगरकार्यपालिकाको बैठकले मानुङमा रोक्का गरिएको जग्गा बिक्री खुला गर्ने निर्णय गरको छ । गुरुयोजना निर्माण गर्ने उद्देश्यसहित कात्तिक २३ गतेको बैठकले पुस मसान्तसम्म जग्गा बिक्री वितरण बन्द गर्ने निर्णय भएको थियो ।

बैठकले न्यूनतम चार आनाभन्दा कम नहुने गरी माघ १ गतेदेखि जग्गा बिक्री खुला गर्ने निर्णय भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

व्यास अल्ट्रा म्याराथनको तयारी

नगरपालिकाले प्रत्येक वर्ष हुँदै आएको व्यास अल्ट्रा म्याराथनको तयारी शुरु गरेको छ । शहीद दिवसको अवसरमा माघ १६ गते हुने म्याराथनका लागि नगरपालिकाले तयारी शुरु गरेको हो ।

व्यास नगरपालिका–मानुङकोटबाट व्यास नगरपालिका–८ पुलिमराङस्थित शहीद उद्यानसम्मको चौथो खुला अल्ट्रा म्याराथनका लागि नगरपालिकाका उपप्रमुख मीरा जोशीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । हिजो (बुधवार) बसेको नगरकार्यपालिकाको बैठकले म्याराथनको तयारी गर्नका लागि उपप्रमुख जोशीलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

मगरको गाउँ मानुङ र गुरुङको गाउँ पुलिमराङलाई जोड्न अल्ट्रा म्याराथनले सहयोग पुग्ने विश्वास नगरपालिकाको छ । “खेलकूदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको म्याराथन प्रभावकारी भएको छ”, नगरप्रमुख बैकुण्ठ न्यौपानेले भने, “म्याराथनकै कारण आज मानुङ विश्वमाझ परिचित हुन सफल भएको छ ।”

व्यास नगरपालिका–५ मानुङबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

नगरपालिकाको ३४ औँ नगरसभा आगामी माघ २७ गते हुने भएको छ । आव २०७७/७८ को अर्धवार्षिक प्रगति समीक्षा, आर्थिक ऐन, विनियोजन ऐनमा संशोधनलगायतका आवश्यक ऐनहरु पारित गर्नका लागि नगरसभा आह्वान गरिएको हो ।

नगरपालिका एवं वडा कार्यालयबाट सम्पादित जनमुखी सेवालाई जवाफदेहिता गहन गर्न एवं पारदर्शी बनाउने उद्देश्यले पुस २८ गते व्यास नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने निर्णय भएको छ ।

बैठकले विभिन्न वडाबाट न्यायिक समितिमा दिने उजुरी, म्याद तामेली, प्रतिउत्तर दर्ता प्रक्रिया वडामार्फत गराई न्यायिक समितिको निर्णयअनुसार सम्बन्धित वडामा मेलमिलापकार्यलाई व्यवस्थित गर्न न्यायिक समितिलाई जिम्मेवारी तोकेको छ ।

वि.सं.२०७७ पुस २३ बिहीवार १३:०३ मा प्रकाशित

You can share this post!

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...