back
NMB ad

बागमती प्रदेश सभाको बैठक माघ ७ गते बोलाइयो

Kumari bank ad

काठमाडौं । बागमती प्रदेश सभाको सातौं अधिवेशन माघ ७ गते आव्हान गरिएको छ ।

बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख विप्णुप्रसाद प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभा अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेश सभा सचिवालयले बिहीबार एक सूचना निकालेर माघ ७ गते बुधबार अपरान्ह ३ बजे प्रदेश सभा बैठक बस्ने जानकारी दिएको छ । बैठक प्रदेश सभा भवन मकवानपुर हेटौंडामा बस्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यसको प्रभाव प्रदेशमा पनि देखिएका बेला प्रदेश सभा बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको उक्त कदमपछि नेकपामा ओली र प्रचण्ड–नेपाल गरी भिन्न समूह क्रियाशील छन् । बागमती प्रदेश सभामा पनि यसको असर देखिनेछ ।

प्रचण्ड नेपाल समुहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभामा अविश्वाशको प्रस्ताव दर्ता गराईसकेको छ । पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने उनीहरूको प्रस्ताव छ । तर मुख्यमन्त्री पौडेलले भने अविश्वाशको प्रस्ताव सामना गर्ने बताउँदै आउनुभएको छ ।

वि.सं.२०७७ पुस २३ बिहीवार १३:३६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...