back
NMB ad

शनिदेवधाममा आन्तरिक पर्यटकको चहलपहल

Kumari bank ad

सप्तरी । राम्रो र मनोरम ठाउँको खोजी भएका समयमा सप्तरीको उत्तरी क्षेत्रमा अवस्थित शनिदेव मन्दिर धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकसित भइरहेको छ ।

विशेष गरी शनिवार यहाँ अधिकांश मानिस शनिदेव धार्मिक पर्यटक क्षेत्रमा पूजाआज गर्न र रमाइलो गर्न आउने हुँदा भीडभाड देखिएकाले चहलपहल बढेको छ । रुपनी गाउँपालिका–६ तेरहौतास्थित चुरे पहाडको जङ्गलमा अवस्थित शनिदेव मन्दिर धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकसित भइरहको छ ।

चुरेभावरको काखमा अवस्थित शनिधाममा आन्तरिक पर्यटकको सङ्ख्यामा निकै वृद्धिसमेत भएको छ । अन्य दिनको तुलनामा प्रत्येक शनिवार धार्मिक पर्यटकको बिहानैदेखि घुइँचो निकै बाक्लो हुनेगरेको छ ।

मनमोहक दृष्यले भरिपूर्ण पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरेन्द्र बजारदेखि करिब तीन किलोमिटर उत्तरतर्फको चुरे जङ्गलमा अवस्थित उक्त शनिदेव धाममा नेपाल र भारतका दैनिक हजारौँ धार्मिक पर्यटक आउने गरेका छन् ।

कोरोना महामारीमा पर्यटकको चहलपहलमा कमी देखिए पनि सन् २०२१ शुरु हुनु अघिदेखि त्यहाँ आन्तरिक पर्यटकको चहलपहल बढन थालेको छ ।

शनिवार सरकारी बिदा भएकाले सरकारी कर्मचारी, नेता, व्यापारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा सर्वसाधारण शनिधामस्थित शनिदेव मन्दिरमा पूजापाठ गर्न र घुमघामका लागि भीड लाग्ने गरेको राजविराजबाट प्रत्येक शनिवार शनिदेवको पूजा गर्न त्यहाँ जाने जिवछ दासले बताए ।

मर्मतसम्भार र संरक्षणको अभावले मन्दिरको अस्तित्व सङ्कटमा पर्न थालेपछि तीन वर्षअघि नै नेपाली सेनाको सहयोगमा जीर्णोद्वार गरिएकाले पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।

शनिधामको नामबाट परिचित यस मन्दिरमा आएर सात शनिवारसम्म पूजापाठ गरेमा मनोकाङक्षा पूरा हुने जनविश्वास छ । मन्दिरलाई अझै व्यवस्थित गर्न सकिए थप पर्यटक भित्र्याएर समग्र जिल्लाको विकास तथा समृद्धिमा टेवा पुग्नसक्ने मन्दिरका पूजारी भुपेन्द्र यादवले बताएका छन् ।

दैनिक हजारौँ भक्तजनको आवागमन हुन थाले पनि मन्दिरसम्म पुग्ने बाटोको समस्या रहेको छ । पहाडको टाकुरामा रहेको मन्दिर तथा बाटोमा घेरबार गर्न नसकिए पनि प्रायः यहाँ शनिवारका दिन मात्रै करीब चार(पाँच हजार हराहारीमा पर्यटक पूजा गर्न, घुम्न तथा रामाइलो गर्न आउने गरेका छन् ।

विसं २०५६ चैत महिनामा सपनामा शमीको रुख देखेर सो रुख खोजी गर्ने क्रममा मन्दिर फेला परेपछि शनि दशा लगेकालाई ग्रहशान्ति गर्न थालिएको पण्डित सत्यनारायण साहको भनाइ छ ।

त्यसपछि शमीको रुखको जराले बेल, मिरचाइ, अमरा, फूल धाप, गजहर, साधानका रुखलाई चारैतिरबाट बेरिएकाले सात वृक्षको सङ्गम स्थानमा पूजा गर्नाले शनिदशाबाट मुक्ति पाइने जनविश्वास रहेको छ ।

उक्त मन्दिरमा श्रीकृष्णा दल गणका नेपाली सेनाको सहयोग तथा जनसहभागितामा १०८ शिवलिङ्ग र कलात्मकमूर्तिले पनि भक्तजनको ध्यान केन्द्रित गर्ने गरेको स्थानीयवासी वृजमान तामाङले जानकारी दिए । कालो पत्थरको शनिदेवको मूलप्रतिमा शमीको रुखमुनी स्थापित छ ।

उक्त मन्दिरको स्तरोन्नतिका लागि प्रदेश नं २ सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा पक्की पर्खाल बनाउनका लागि २५ लाख रकम सहयोग गरेको रुपनी गाउँपालिकाले जनाएको छ ।

सो मन्दिर पुग्न एउटै नदी सात ठाउँमा घुमेर जानुपर्ने भएकाले तत्काल बाटोमा पुल निर्माण भएमा अझै पर्यटक तथा भक्तजन बढ्नसक्ने मन्दिरका पूजारी यादवको भनाइ थियो ।

वि.सं.२०७७ पुस २६ आइतवार ११:५८ मा प्रकाशित

You can share this post!

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत १६ शुक्रवार २१:०१

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)...

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय...

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...