back
NMB ad

पोखराको द कल्चर रिसोर्टमा एक्ससेलट्रिप नेपालको ग्रूपले २५ करोड लगानी गर्ने

Kumari bank ad

काठमाडौं । कोभिडको विषम परिस्थिति बीच पनि नेपालकै पहिलो अनलाइन ट्राभल एग्रिगेटर एक्ससेलट्रिप नेपालको ग्रूपले पोखराको नर्थ लेकसाइड सेदीमा अवस्थित द कल्चर रिसोर्टमा २५ करोड रुपियाँ लगानी गर्ने भएको छ।

कल्चर रिसोर्टका प्रवन्ध निर्देशक प्रकाश कार्कीले एक्ससेलट्रिप नेपालको ग्रूपसँग सहकार्य गर्न आफु निकै उत्साहित भएको बताए। यो सहकार्यले रिसोर्टलाई थप सुविधासहित नयाँ उचाइमा पु¥याउने उनले बताए।

लगानी थप सँगै रिसोर्टले स्विमङ पुल, रुफ टप बार, साउना स्टिमसँगै बैठक तथा तालीम, सेमिनारका लागि हलको व्यवस्था गर्नेछ । त्यहाँ हाल ६ रोपनी रहेकोमा १२ रोपनी थप गरि विभिन्न संरचना बनाइने बताइएको छ।

उत्तरी फेवातालको सुन्दर दृष्य, सुन्दर र सफा कोठा र अन्य मनोरञ्जनात्मक गतिविधिका लागि पनि रिसोर्टमा थप लगानी हुनेछ । यो सहकार्यले आन्तरिक पर्यटनका लागि मात्रै होइन, उत्तरी लेकसाइडकै माहोल बडाउन मद्दत पुग्ने कार्कीले बताए।

गत क्रिसमसमा रामकृष्ण ढकाल र अङ्ग्रेजी नयाँ वर्षमा इन्दिरा जोशीको साङ्गीतिक कार्यक्रम गरेको रिसोर्टले अबदेखि हरेक शुक्रवार लाइभ म्युजिकको कार्यक्रम गर्ने बताइएको छ।

पोखरामा अन्तराष्ट्रिय बिमानस्थल बनेसँगै चीन, भारत लगायत एशियन देशका पर्यटक आकर्षित हुने अनुमान गरिएको छ । त्यसैले यी पर्यटकका लागि नयाँ सुविधाहरु निर्माण गर्ने सहि समय अहिले नै भएको पनि कार्कीले बताए ।

एक्ससलट्रिप नेपालका संस्थापक तथा सीईओ ज्ञानेन्द्र खाडाले सुविधायुक्त होटल र मनोरञ्जन गतिविधिका लागि कल्चर रिसोर्टसँगको सहकार्य नेपालका मुख्य शहरहरुमा पनि बिस्तार हुने बताए । खड्काका अनुसार अन्तराष्ट्रिय नेटवर्कहरुले पनि नेपालको पर्यटन प्रवर्द्धनका लगि विश्व स्तरमा पु¥याउन मद्दत गर्नेछ ।

वि.सं.२०७७ पुस २७ सोमवार १३:१२ मा प्रकाशित

You can share this post!

गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियोः अध्यक्ष ओली   

गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियोः अध्यक्ष ओली   

वि.सं.२०८० चैत ६ मंगलवार १५:५१

गोदावरी (कैलाली), ६ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा...

एक्काइस वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ   

एक्काइस वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ   

वि.सं.२०८० चैत ६ मंगलवार १५:४७

काठमाडौँ, ६ चैत : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी...

उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या   

उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या   

वि.सं.२०८० चैत ६ मंगलवार १५:४४

काठमाडौँ, ६ चैतः काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको...

सेयर बजारमा ६ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ६ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८० चैत ६ मंगलवार १५:१८

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत ६ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

शिभम् सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

शिभम् सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत ६ मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...