back
NMB ad

हिमालयन बैंकको साधारण सभाले पारित गर्यो २० प्रतिशत लाभांश

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकले २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सोमवार सम्पन्न वार्षिक साधारण सभाले १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभा कोरोना महामारी कारण भर्चुअल माध्यमबाट सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ । साथै सभाले आव २०७६र७७ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । हाल बैंकको चुक्तापूँजी रू. ९ अर्ब ३७ करोड २२ लाख रहेको छ ।

१४ प्रतिशत बोनस शेयर वितरणपछि पूँजी रू. १० अर्ब ६८ करोडभन्दा बढी पुग्नेछ । हालसम्ममा बैंकले ७० ओटा शाखा कार्यालय र १४६ एटिएमहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. ३६ करोड ५९ लाख नाफा कमाएको थियो ।

वि.सं.२०७७ पुस २७ सोमवार १५:५५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...