शेयर बजार : ३ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं । आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । नेप्से सोमबार तीन दशमलव ३७ अंकले बढेर २ हजार २ सय ३९ दशमलव ४३ विन्दुमा पुगेको छ ।

बैंकिङ समूहको शेयर झण्डै तीन अङ्कले, विकास बैंक समूहको साढे २८, जलविद्युतको तीन, फाइनान्सको ११, निर्जीवन बीमाको १ सय ७६ र जीवन बीमा समूहको शेयर १ सय ६१ अङ्कले बढेको छ ।

व्यापार, होटल, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूहको शेयर घटेको छ । सोमबार दुई सय आठ कम्पनीका एक करोड ३५ लाख कित्ता शेयर पाँच अर्ब ५२ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ ।

२०७७ पौष २७ गते १५:५३ मा प्रकाशित

You can share this post!

अम्बा र ड्रागन फ्रुटको व्यावसायिक खेती

अम्बा र ड्रागन फ्रुटको व्यावसायिक खेती

Related posts