back
NMB ad

बारामा यसबर्ष २ लाख ५३ हजार ३ सय ८९ मेट्रिकटन धान उत्पादन

Kumari bank ad

बारा । बारामा यसबर्ष अर्थात आर्थिक बर्ष २०७७/०७८ सालमा किसानहरु ५८ हजार २ सय ११ हेक्टर क्षेत्रफलमा चैते, भदैया, अगहनी धान खेतीगरी कुल २ लाख ५३ हजार ३ सय ८९ मेट्रिकटन धान उत्पादन गरेका छन् ।

किसानहरुले चैते धान १२ हजार १ सय १५ हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर ४४ मेट्रिकटनले कुल ५३ हजार ३ सय ६ मेट्रिकटन, भदैयाधान ११ हजार ९ सय ३१ क्षेत्रफलमा प्रति हेक्टर ४ दशमलव ६ प्रतिशतको दरले ५४ हजार ८ सय ८२ मेट्रिकटन र अगहनी धान ३४ हजार १ सय ६५ हेक्टर क्षेत्रफलमा खेती गरि प्रति हेक्टर ४ दशमलव २५ प्रतिशतको दरले कुल १ लाख ४५ हजार २ सय १ दशमलव २५ प्रतिशत मेट्रिकटन धान उत्पादन गरेको कृषि ज्ञानकेन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

गत बर्ष २०७६÷०७७ मा कुल ५८ हजार २ सय ६ हेक्टर क्षेत्रफलमा चैते, भदैया र अगहनी धान खेती गरिएकोमा उत्पादनको समयमा फौजी किराको प्रकोपको साथै बढी बर्षाका कारणले पनि उत्पादनमा ५० प्रतिशत कमी भई १ लाख ४३ हजार ९२ मेट्रिकटन धान उत्पादन भएको ज्ञानकेन्द्रका प्राविधिक गेनालाल मण्डलले बताउनुभयो ।

सो बर्ष किसानहरुले चैते धान १२ हजार १ सय १३, भदैया धान ११ हजार ९ सय ३० र अगहनी धान ३४ हजार १ सय ६३ हेकटर क्षेत्रफलमा धान खेती गरिएको थियो प्रास मण्डलले भन्नुभयो ।

वि.सं.२०७७ पुस २९ बुधवार १३:४९ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...